Nepali Monthly Rashifal 2082 Magh | Horoscope - Magh 2082

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। दशम स्थानमा सूर्य शुक्र मंगल वा बुधको गोचरले आम्दानी वा करियर तर्फ सकारात्मक संकेत देखिएको छ। आर्थिक पक्षमा सुदृढता आउनेछ भने नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ। घर परिवार वा घरेलु कुरामा आवश्यकताभन्दा धेरै खर्च गर्नुपर्ला। व्यापार विस्तारको लागि ऋण लिएर नँया लगानी लगाउने समय रहेको More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य मंगल बुध र शुक्रको नवम भावमा गोचर हुने भएकाले धन प्राप्तिका नयाँ अवसरहरू क्रमश बढेर जानेछन्। भाग्यको विशेष साथ मिल्नेछ। रोकिएको उधारो धन फिर्ता हुने समय रहेको छ। रिस र आक्रोशले आर्थिक गतिविधिमा निर्णय कमजोर हुन सक्छ धैर्यताले काम लिनुहोला। वैवाहिक सम्बन्धको लागि पनि यो महिना श्रेष्ठ More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य मंगल बुध र शुक्रको अष्टम भावमा गोचरले धन संञ्चय वा आर्थिक क्षेत्रमा उतारचढाव देख्न सकिनेछ। स्वास्थ्य वा घरपरिवारतर्फ आकस्मिक खर्च बढ्ने योग रहेको छ। जोखिमपूर्ण लगानी वा ऋणको लेनदेनबाट दूरी बनाएर राख्नुमानै फाईदा रहेको छ। पारिवारिक तथा वैवाहिक सम्बन्धलाई लिएर यो महिनाको सुरुवात More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूको लागि यो महिना राम्रै देखिएको छ। सप्तम भावमा सूर्य, बुध, मंगल र शुक्रको गोचरले गर्दा आर्थिक पक्ष बलियो बन्नेछ भने साझेदारी व्यापारमा लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाम्पत्य जीवनमा अर्थको कुरालाई लिएर विचार विमर्श हुने प्रबल सम्भावना रहेको छ। आर्थिक निर्णयहरूमा हत्तार नगर्नु नै हजुरको लागि लाभदायी रहनेछ। घरपरिवारमा More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको षष्ठ भावमा गोचरले दैनिकी आवश्यकताहरुको पूर्तिमा खर्च बढ्नेछ। काममा वा कारोबारमा अतिरिक्त लगानी लगाउनु पर्ला। मेहनत वा लगनशीलताले आयस्रोतलाई स्थिर बनाउन सकिनेछ। उधारो वा कानुनी लेनदेन जस्तो वस्तुमा सावधानी अपनाउनुपर्ने हुन्छ। पारिवारिक सम्बन्धलाई लिएर यो महिना More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सूर्य, बुध, मंगल र शुक्रको पञ्चम भावमा भईरहेको गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। आयआर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन्। नेटवर्क मार्केटिङ र शेयर बजारमा गरेको लागानीबाट राम्रो लाभ आर्जन गर्न सकिएला। मंगलको प्रभावलाई ध्यानमा राखेर हेर्दा नयाँ निर्णय लिनमा हतार नगर्नुहोला। पारिवारिक र वैवाहिक More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, शुक्र, मंगल र बुधको चतुर्थ भावमा गोचरले गर्दा जग्गा जमिन वा पारिवारिक आवश्यकता पूर्तिलाई लिएर खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आयआर्जनका नयाँ अवसरहरू फेलापर्नेछन्। ठुलो जोखिम वा आकस्मिक लगानी लगाउन हत्तार नगर्नुहोला। लगानिजन्य कुराहरु गर्नुपुर्व विषयवस्तुहरुको राम्रो जानकारी More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनेहरूको लागि महिना राम्रै रहेको छ। तृतीय स्थानमा सूर्य, शुक्र मंगल र बुधको गोचरले गर्दा मेहनतबाट आयस्रोत बढाउन सकिनेछ। व्यापार व्यवसायमा मार्केटिङ र सेल्स डिपार्टमेन्ट वा मिडियाको क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ। कार्यक्षेत्रमा कामले गति लिनेछ। धार्मिक यात्रा सम्बन्धी कुराकानी अगाडि बढ्नेछन्। अनावश्यक विवादबाट टाढा More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेहरूको लागि यो महिना मिश्रित रहनेछ। सूर्य, मंगल, बुध र शुक्रको द्वितीय भावमा गोचरले गर्दा आर्थिक पक्ष कमजोर रहनेछ साथै पारिवारिक जरुरत पूर्तिको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा मन्दी आएपनि नियमित आम्दानी भइरहनेछ। व्यापारिक क्षेत्रमा हलचल भईरहनेछ। नजिकको आत्मीय व्यक्तिले व्यवहारमा कडापन देखाइदिनाले मन उदास More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको लग्नस्थानमा गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। शुभ योगको प्रभावले गर्दा मनमा चिताएका कार्यहरू पूरा हुनेछन्। कुनै विशेष उपलब्धि हात पार्न सकिनेछ। सामाजिक काम कार्यमा रुचि बढ्नेछ। प्रयत्न गर्दा व्यापार व्यवसायमा पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। लगानीमा More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको गोचरले व्यापार व्यवसायमा घाटा हुनसक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रको मामिला जटिल र सङ्घर्षशील रहेको छ। खर्चमा उल्लेखनीय वृद्धि हुनेछ त्यसैले सोच विचार गरेरमात्र धन खर्चिनुहोला। कानुनी काममा सफलता हात नलाग्ने सम्भावना हुनाले कागजी विधि र प्रक्रियागत कुराहरुमा More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूको लागि यो महिना शुभ रहेको छ। एकादश भावमा सूर्य, शुक्र, मंगल र बुधको गोचरले गर्दा व्यापार व्यवसाय र शिक्षाको क्षेत्रमा विभिन्न अवसर प्राप्त भईरहनेछन्। सम्मानित पद र त्यो पदको माध्यमबाट प्रतिष्ठा पनि प्राप्त हुनेछ। मेहनत वा परिश्रमले सफलताको उँचाई प्राप्त गर्न सकिएला। मेहनतीहरूको लागि नोकरी वा पेशामा पदोन्नति को मार्ग प्रशस्त More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.