कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको गोचरले व्यापार व्यवसायमा घाटा हुनसक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रको मामिला जटिल र सङ्घर्षशील रहेको छ। खर्चमा उल्लेखनीय वृद्धि हुनेछ त्यसैले सोच विचार गरेरमात्र धन खर्चिनुहोला। कानुनी काममा सफलता हात नलाग्ने सम्भावना हुनाले कागजी विधि र प्रक्रियागत कुराहरुमा पहिल्यै ध्यान पुर्याउनु उत्तम रहला। आश्वासन बढाउनेहरूले प्रतिज्ञा पूरा गर्न सक्ने योग छैन तसर्थ आशा गरेतापनि भर नपर्नु उचित हुनेछ। परिस्थिति विपरीत भएतापनि योजना बनाएर कार्य गर्दा सफलता मिल्नेछ। वैदेशिक रोजगारका यात्रा लाभदायी रहनेछन्। चुनौतीभित्र नै अवसर खोज्ने प्रयास गर्नुहोस् साथै यो महिना सकेसम्म चलिरहेको कामलाई नै निरन्तरता दिनुहोस्। नोकरी वा पेशामा अरूको विवादमा हात हाल्नबाट सकेसम्म जोगिनुहोस्। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। विद्यार्थीहरूलाई आफ्नो करियरको विषयवस्तुलाई लिएर मानसिक अस्थिरताले सताउँनेछ। अध्ययन अध्यापनमा एकाग्रताको कमी आउनेछ त्यसैले स्थिर चित्तको साथ रहनु लाभदायक हुनेछ। सम्बन्धमा एकअर्काप्रति प्रतिक्रिया दिनुभन्दा समझदारीले केहिपनि कुराको निर्णयमा जाँनुहोला। समस्या दर्शाउँदा शुभचिन्तकहरूको सहयोग वा सद्भाव प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर संवेदनशील रहनुहोस् र खानपानमा ध्यान पुर्याउनुहोला। मानसिक अशान्ति वा चिन्ताले ऊर्जा घटाउन सक्छ। विश्राम, ध्यान र पर्याप्त निन्द्राको समय छुट्याएर दिनचर्या बिताउँदा लाभकारी रहनेछ।
View All monthly Rashifal
Liked by: