सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको षष्ठ भावमा गोचरले दैनिकी आवश्यकताहरुको पूर्तिमा खर्च बढ्नेछ। काममा वा कारोबारमा अतिरिक्त लगानी लगाउनु पर्ला। मेहनत वा लगनशीलताले आयस्रोतलाई स्थिर बनाउन सकिनेछ। उधारो वा कानुनी लेनदेन जस्तो वस्तुमा सावधानी अपनाउनुपर्ने हुन्छ। पारिवारिक सम्बन्धलाई लिएर यो महिना अलिकता तनावपूर्ण रहनेछ। बुद्धिजीवी वा आफूभन्दा ठूला मान्छेको कुराको मान राखेर कार्य गर्नुहोला। काममा व्यस्तता वा परिवारलाई समय दिन नसक्दा आपसी समझदारीमा कमी आउनेछ। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना राम्रो रहेको छ। विद्यार्थीहरूलाई गुरुजनको माध्यमबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा विकास हुनेछ। प्रेम सम्बन्धमा शुक्रको साथले आकर्षण साथै भावनात्मक आत्मीयता बढ्नेछ। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोला। करियर वा व्यापार व्यवसायलाई लिएर समय सकारात्मक रहनेछ। रोजगार खोज्नको लागि प्रतिस्पर्धा कडा भएतापनि सफलता हात लाग्नेछ। शारीरिक अवस्था अलिकता कमजोर देखिएको कारणले अनिन्द्रा थकान वा सानोतिनो समस्याले सताउला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। निद्रा, काम र खानपानको समयलाई राम्रोसँग व्यवस्थापन गर्नुहोला।
View All monthly Rashifal
Liked by: