Tula | Nepali Monthly Rashifal 2082 Magh | तुला Horoscope - Magh 2082

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, शुक्र, मंगल र बुधको चतुर्थ भावमा गोचरले गर्दा जग्गा जमिन वा पारिवारिक आवश्यकता पूर्तिलाई लिएर खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आयआर्जनका नयाँ अवसरहरू फेलापर्नेछन्। ठुलो जोखिम वा आकस्मिक लगानी लगाउन हत्तार नगर्नुहोला। लगानिजन्य कुराहरु गर्नुपुर्व विषयवस्तुहरुको राम्रो जानकारी लिएर मात्र कार्यलाई अघि बढाउनुहोला। पुराना कुरालाई लिएर मन अशान्त रहनेछ। दाम्पत्य जीवनमा मंगलको प्रभावले गर्दा वैचारिक मतभेद वा चिड़चिडापन बढ्नेछ त्यसैले सम्बन्धमा धैर्य वा विचारशील भएर निर्णय लिनुहोला। विद्यार्थीहरूलाई प्रतियोगीमूलक विषयवस्तुको तयारीमा सफलता मिल्ने योग छ। पारिवारिक परिस्थितिले अध्ययनमा ध्यान भंग हुन सक्छ धेरै समय दिन नसकेतापनि समयको प्रभावले परिणाम राम्रै रहनेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्ला। नोकरी वा पेशामा सहकर्मीहरूसँग विनम्र व्यवहार राख्नुहोस्। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। रक्तचापको समस्या र नशासम्बन्धी समस्या वा कामलाई लिएर अतिरिक्त चिन्ता बढ्नेछ सावधान रहेर स्वास्थको ख्याल राख्नुहोला। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको सुरुवात गर्नुहोला आत्मबलमा वृद्धि हुनेछ।


View All monthly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.