Meen | Nepali Monthly Rashifal 2083 Jestha | मीन Horoscope - Jestha 2083

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मीन राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य र बुधको तृतीय स्थानमा गोचरले गर्दा व्यवहारमा परिपक्वता र कार्यक्षेत्रमा कार्यकुशलताको प्रशंसा हुनेछ। मेहनत वा लगनशीलताले अरुको मन जित्न सकिनेछ। नयाँ काम सुरु गर्नलाई हिम्मत बढ्नेछ। लामो समयदेखि रोकिएका योजनाहरू पुनः सक्रिय हुनेछन्। कठिन परिस्थिति वा प्रतिस्पर्धामा पनि आफूलाई दृढतापूर्वक प्रस्तुत गर्न सकिनेछ। परिश्रमको उचित परिणाम प्राप्त हुने समय रहेको छ। दाजुभाइमा आत्मीयता बढ्नेछ। बुधको चतुर्थ स्थानमा गोचरले गर्दा छोटो दूरीको यात्रामा नयाँ सम्पर्कहरूबाट लाभ लिन सकिनेछ। जग्गा जमिनको बिक्रीबाट विशेष लाभ आर्जन हुनेछ। विद्यार्थीहरूलाई नयाँ सीप सिक्ने, तालिम लिने र प्राविधिक ज्ञानमा विस्तार गर्ने समय रहेको छ। आफ्नो विचार प्रभावशाली रूपमा राख्न सकिनेछ। बोलिमा रुखोपन झल्किनेछ त्यसैले आफूभन्दा ठूलावडाहरूसॅंग बोल्दा शब्द चयनमा ध्यान दिनुहोला। प्रेमीहरूका लागि प्रेम सम्बन्धमा एक अर्काप्रति आकर्षण बढ्नेछ भने वैवाहिक जीवनमा जीवनसाथीसँग राम्रो तालमेल बनाउन सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले टाउको दुख्ने समस्या र आँखा सम्बन्धी समस्या साथै सानातिना चोटपटक आदिको सम्भावना रहेको छ।


View All monthly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.