मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो महिना शुभ रहेको छ। एकादश भावमा सूर्य, शुक्र, मंगल र बुधको गोचरले गर्दा व्यापार व्यवसाय र शिक्षाको क्षेत्रमा विभिन्न अवसर प्राप्त भईरहनेछन्। सम्मानित पद र त्यो पदको माध्यमबाट प्रतिष्ठा पनि प्राप्त हुनेछ। मेहनत वा परिश्रमले सफलताको उँचाई प्राप्त गर्न सकिएला। मेहनतीहरूको लागि नोकरी वा पेशामा पदोन्नति को मार्ग प्रशस्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा पनि प्रभाव बढ्नेछ। पहिलाबाट चलिरहेको प्रतिकूल स्थिती अनुकूल हुनाले भविष्यप्रति सफलताको आशा जाग्नेछ। केही पुराना प्रयास वा रोकिएका कामहरूबाट लाभको योग देखिन्छ। विवाहितहरूको लागि पतिपत्नि बीचको सम्बन्धलाई अझै सुमधुर बनाउने अवसरहरू देखिनेछन्। विद्यार्थीहरूको लागि यो महिना राम्रो रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा गलत बुझाइ हुने सम्भावना देखिएको छ। प्रेम सम्बन्ध तथा वैवाहिक जीवनमा व्यवहारिक स्पष्टता भएमा लाभदायी रहनेछ। सामूहिक रुपमा मिलेर कार्य गर्नाले व्यापार विस्तार गर्नमा सहायक हुनेछ। स्वास्थ्यको दृष्टिकोणलाई लिएर समय राम्रो देखिएको छ। अनियमित दिनचर्याबाट जोगिनुहोस्। व्यायाम वा योगलाई प्राथमिकता दिनाले शारिरीक र मानसिक स्फुर्ती महिना भरिनै रहनेछ।
View All monthly Rashifal
Liked by: