मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको लग्नस्थानमा गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। शुभ योगको प्रभावले गर्दा मनमा चिताएका कार्यहरू पूरा हुनेछन्। कुनै विशेष उपलब्धि हात पार्न सकिनेछ। सामाजिक काम कार्यमा रुचि बढ्नेछ। प्रयत्न गर्दा व्यापार व्यवसायमा पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। लगानीमा विस्तार गर्ने वा रोकिएको कार्यलाई अघि बढाउने सकारात्मक संकेत देखिएको छ। दाम्पत्य जीवन र साझेदारी व्यापारमा आपसी समझदारीको कमी देखिएला त्यसैले संयमित भएर साझेदारी निभाउनुहोला। परिवारभित्र जिम्मेवारी वा अपेक्षाहरू बढ्नेछन्। अहंकार वा तर्क वितर्कले आत्मीय सम्बन्धमा दूरी ल्याउन सक्छ। शैक्षिक क्षेत्रलाई लिएर आत्मविश्वासमा वृद्धि वा लक्ष्य प्राप्तिको लागि लगनशील भएकाले प्रतिस्पर्धा लगायतका परीक्षा, कला आदिको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा भावात्मक तनाव र आवेग बढ्न सक्छ। बोलिको तिखोपनले गर्दा सम्बन्धमा मधुरताको कमी रहनेछ शब्द चयन उचित ढंगले गर्दा आफ्नो अनुकुल सम्बन्ध होला। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। टाउको दुख्ने वा आँखा सम्बन्धी समस्याले सताउन सक्छ। पुरानो रोगहरु बल्झिने सम्भावना देखिएको छ। ब्लड प्रेसर सम्बन्धी समस्या वा मंगल लाग्नमा भएकाले जोखिमप्रति आकर्षण बढ्नेछ त्यसैले हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला।
View All monthly Rashifal
Liked by: