मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य मंगल बुध र शुक्रको अष्टम भावमा गोचरले धन संञ्चय वा आर्थिक क्षेत्रमा उतारचढाव देख्न सकिनेछ। स्वास्थ्य वा घरपरिवारतर्फ आकस्मिक खर्च बढ्ने योग रहेको छ। जोखिमपूर्ण लगानी वा ऋणको लेनदेनबाट दूरी बनाएर राख्नुमानै फाईदा रहेको छ। पारिवारिक तथा वैवाहिक सम्बन्धलाई लिएर यो महिनाको सुरुवात हजुरको लागि त्यति अनुकूल नहोला। वाणी वा संवादमा संयमता राख्नु एकदमै आवश्यक रहेको छ। वैवाहिक जीवनमा जीवनसाथीसँग गहिरा विषयहरूमा छलफल पर्याप्त नहुँदा अनावश्यक तनाव बढ्नेछ। आत्मीयता वा मिठो बोलीले काम बनाउन र भावनात्मक दुरी घटाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पढाइमा ध्यान केन्द्रित राख्न त्यति सम्भव नहोला। ध्यानमा एकाग्रताको कमी आउनेछ। अध्ययन वा प्रेममा वैचारिक मतभेदका संकेत देखिन सक्छन। करियरमा गुप्त योजना बाहिरिनाले समस्या निम्त्याउँला तसर्थ गोपनियता भंग हुन नदिनुहोला। व्यापार व्यवसायमा आर्थिक निर्णयहरू सावधानीपूर्वक लिनुहोला। कार्यक्षेत्रमा कामको अतिरिक्त दबाब रहनेछ। आर्थिक दृष्टिकोणले पनि यो महिना सामान्य रहेको छ। पाचनजन्य समस्या सुधार्नको लागि खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा कमजोरी र थकान महसुस हुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्दा उर्जा र जोशले कार्य गर्नमा सहजता दिनेछ।
View All monthly Rashifal
Liked by: