Nepali Yearly Rashifal 2083 | २०८३ yearly horoscope

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहेको छ। एकातिर शनिको साढेसाती को अशुभ प्रभाव रहनेछ भने अर्कोतिर बृहस्पति शुभ रहनाले आकस्मिक धनलाभ र यश, कीर्तिमा वृद्धि हुनेछ। धार्मिक कार्यहरूमा मन लाग्नेछ। परिवारको मध्य आपसी तालमेलमा सुधार आउनेछ। शनी र राहु अशुभ भएकाले स्वास्थ्य सम्बन्धी समस्या र डरको अवस्था वा अनावश्यक धनहानी र खर्च वृद्धिले More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशि हुनेहरूका लागि यो वर्ष राम्रो रहेकोछ। बृहस्पति र शनि शुभ रहनाले वर्षभरी आर्थिक उन्नति र प्रगतिको मार्ग प्रशस्त हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेलापर्नेछन्। नयाँ कामको थालनी हुनेछ भने समाजमा मानसम्मान बढ्नेछ। मेहनत गर्दा स्वरोजगार पनि सृजन गर्न सफल भइनेछ। कार्यक्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। बृहस्पति शुभ रहनाले अभिव्यक्ति र लेखन कला आदिमा निखार आउनेछ। आर्थिक क्षेत्रमा प्रगति एवं उन्नतिको योग छ। परिवारमा शुभ मांगलिक कार्य सम्पादन हुनेछ। शनिको सकारात्मक प्रभावले नोकरी वा पेशामा पदोन्नतिको योग छ भने पेशागत समस्याहरूको समाधान हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। राहु र More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूको लागि यो वर्ष शुभ रहनेछ। बृहस्पति शुभ रहनाले यो वर्ष आर्थिक उन्नति लिएर आउनेछ। विवादास्पद् मामलाहरू सुल्झिने वा ऋणभारमा कमी आउनेछ। अधुरा कामहरू पूरा हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। विदेश वा बाहरी क्षेत्रबाट जोडिएका कार्यहरूमा आर्थिक उन्नति हुनेछ। घरपरिवारमा कुटुम्बहरूको मध्य राम्रो सम्बन्ध स्थापित बनाउन सकिनेछ। More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। शनिको अढैयाले समय सङ्घर्षपूर्ण रहनेछ तर वैदेशिक क्षेत्रका कामहरू बन्नेछन् वा उच्च शिक्षालाई लिएर विदेशतिरको यात्रालाई लिएर सकारात्मक परिणाम लिएर आउनेछ। विद्यार्थीहरूको पठनपाठनमा रुचि नभए पनि परिणाम राम्रो प्राप्त होला। धार्मिक क्षेत्रमा विकास र आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूको लागि यो वर्ष मध्यम रहेको छ। नयाँ आम्दानीका स्रोतहरू फेलापर्नेछन्। दीर्घकालीन योजनाहरूमा राम्रो कमाई गर्न सक्नुहुनेछ। जीवनमा ठूलो लक्ष्यहरू क्रमशः पूरा हुने सम्भावना देखिएको छ। सहयोगी वर्गहरूको राम्रो सहयोग मिल्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। सामाजिक मानसम्मानमा वृद्धि वा लोकप्रियता बढ्नेछ। धर्मकर्म More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिहुनेहरुको लागि यो वर्ष राम्रो रहेको छ। गुरु शुभ रहनाले नोकरी प्राप्ति र सामाजिक क्षेत्रमा मानसम्मान मिल्नेछ। निर्णय गर्ने क्षमता राम्रो हुनेछ। शिक्षा वा करियरको क्षेत्रमा पदोन्नति र प्रतिष्ठा प्राप्त हुने सम्भावना उच्च रहेको छ। न्याय वा सरकारी प्रशासनिक कार्य सफल हुने समय रहेको छ। धार्मिक कार्यहरूमा पारिवारिक मत मिल्नेछ। शनि More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। गुरु शुभ रहनाले शिक्षा, अनुसन्धान वा नयाँ ज्ञान हासिल गर्ने अवसर पाईनेछ। व्यक्तित्वमा सकारात्मक सोच वा धैर्य र नैतिकताको विकास हुनेछ। पारिवारिक सम्बन्धहरू सुध्रिने वा बुबासँगको सम्बन्ध झन् राम्रो बन्ने संकेत देखिन्छ। भाग्यको राम्रो साथ पाइनेछ। विद्यार्थीहरूले शिक्षाको क्षेत्रमा अविश्वसनीय More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेहरूको लागि यो वर्ष मिश्रित फलदायी रहनेछ। जीवनमा आन्तरिक परिवर्तन, अनुसन्धान र आत्मविश्लेषणतर्फ मन जानेछ। यो समय आन्तरिक विकासको लागि महत्वपूर्ण मानिन्छ। पुराना समस्याहरूको समाधान हुनेछ। अध्यात्म वा रहस्यात्मक विषयतर्फ आकर्षण बढ्नेछ। अप्रत्याशित रुपमा पैतृक सम्पत्ति,अपुताली र साझेदारीबाट फाइदा हुने योग यो वर्ष रहनेछ। जोखिमयुक्त More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहेको छ। साझेदारी व्यापार र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारी वर्गको साझेदारी तथा राजनैतिक जनसम्पर्क सम्बन्धी मामलाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। साझेदारी व्यापारमा साझेदारसँग आपसी सम्बन्ध राम्रो रहनेछ। भविष्यलाई लिएर व्यापार विस्तारका नयाँ योजनाहरु बनाउने समय रहेको छ। शनि शुभ रहनाले गुमेको More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। गुरुको अनुकूल प्रभाव रहनाले प्रतिस्पर्धात्मक क्षेत्र तिर राम्रो प्रदर्शन गर्ने योग रहेको छ। विशेषगरी शिक्षा प्रशासन कानुनी वा सेवामूलक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। शत्रुहरूमाथि विजय प्राप्त गर्ने योग रहेको छ। शुभचिन्तकहरूको सहयोगले न्यायिक प्रक्रिया र विवादित चुनौतीहरूको More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूको लागि यो वर्ष उत्तम रहेको छ। बृहस्पति शुभ रहनाले शिक्षा,अध्ययन र भौतिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने सम्भावना रहेको छ। विद्यार्थीहरूको लागि यो वर्ष विशेष फलदायी रहनेछ। पढाइमा ध्यान लाग्ने साथै जटिल विषयलाई सहजरूपमा बुझ्ने क्षमतामा वृद्धि हुनेछ। प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्ने योग देखिन्छ। नयाँ सीप सिक्न अनुसन्धान More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.