कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सूर्य, बुध, मंगल र शुक्रको पञ्चम भावमा भईरहेको गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। आयआर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन्। नेटवर्क मार्केटिङ र शेयर बजारमा गरेको लागानीबाट राम्रो लाभ आर्जन गर्न सकिएला। मंगलको प्रभावलाई ध्यानमा राखेर हेर्दा नयाँ निर्णय लिनमा हतार नगर्नुहोला। पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ। घर परिवारतर्फ जिम्मेवारी बढ्नेछ तर भावनात्मक संवेदनशीलता बढ्नेछ। दाम्पत्य जीवन र वैवाहिक सम्बन्धमा वैचारिक मतभेद रहेको छ त्यसैले साथीको विचारलाई पनि सम्मान दिएर कार्य गर्नुहोला। स्पष्ट कुराले सम्बन्धलाई स्थिर बनाउन सकिनेछ। विद्यार्थीहरूको लागि यो समय अनुकुल सिद्ध हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। अप्ठ्यारा विषयवस्तुहरूमा मित्रगण र गुरुजनहरूको साथ पाइनेछ। करियर वा व्यापार व्यवसाय लाई लिएर यो महिनामा नयाँ अवसरहरू आउनेछन्। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। साझेदारीमा काम गर्दा अहंकार र हतारले निर्णयहरू भएमा कार्यमा नकारात्मक प्रभाव पर्नसक्छ त्यसैले सोचेर निर्णय गर्नुहोला। वैदेशिक भ्रमणको प्रबल योग रहेको छ। आफन्तहरू संग रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय मध्यम रहेको छ। श्वासप्रश्वास र एलर्जी सम्बन्धी समस्या देखा पर्ला। नियमित योग वा ध्यान गरेर दिनको सुरुवात गर्नु यहाँहरुका लागि शुभ हुनेछ।
View All monthly Rashifal
Liked by: