Dhanu | Nepali Monthly Rashifal 2082 Magh | धनु Horoscope - Magh 2082

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धनु राशि हुनेहरूको लागि यो महिना मिश्रित रहनेछ। सूर्य, मंगल, बुध र शुक्रको द्वितीय भावमा गोचरले गर्दा आर्थिक पक्ष कमजोर रहनेछ साथै पारिवारिक जरुरत पूर्तिको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा मन्दी आएपनि नियमित आम्दानी भइरहनेछ। व्यापारिक क्षेत्रमा हलचल भईरहनेछ। नजिकको आत्मीय व्यक्तिले व्यवहारमा कडापन देखाइदिनाले मन उदास रहनसक्छ। सानातिना कुरामा मतभेद वा संवेदनशील प्रक्रिया आईरहने सम्भावना भएकाले धैर्यपूर्व कुरा मिलाउँदै जानु नै उचित रहेको छ। परिश्रम गर्नेहरूलाई सम्भावनाको वाटाहरू प्रशस्तै फेला पर्नेछन्। भावना अभिव्यक्ति गर्दा कठोरता देखिनाले साथीभाइहरू टाडिन सक्छन्। विद्यार्थीहरूलाई अध्ययन वा प्रतियोगी परीक्षाहरूमा सकारात्मक परिणामले लक्ष्य प्राप्तिमा सरलता र उत्साह बढाउनेवाला रहनेछ। अनुसन्धान वा गहन विषय तर्फ झुकाव बढ्नेछ। कार्य कुशलताले शिक्षकहरूको मन जित्न सकिनेछ। प्रेम सम्बन्धमा भावनात्मक उतारचढावमा आउनसक्छ। प्रेमीप्रति शंका वा हतारको प्रतिक्रियाले स्थीति विपरीत होला। स्वास्थ्यको दृष्टिकोणले मानसिक तनाव र पाचन सम्बन्धी समस्या देखिन सक्छ। नाक, कान, घाँटीमा समस्या र मौसमी बिमारीहरूबाट विशेष रुपबाट जोगिनुहोला।


View All monthly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.