Mesh | Nepali Monthly Rashifal 2082 Magh | मेष Horoscope - Magh 2082

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। दशम स्थानमा सूर्य शुक्र मंगल वा बुधको गोचरले आम्दानी वा करियर तर्फ सकारात्मक संकेत देखिएको छ। आर्थिक पक्षमा सुदृढता आउनेछ भने नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ। घर परिवार वा घरेलु कुरामा आवश्यकताभन्दा धेरै खर्च गर्नुपर्ला। व्यापार विस्तारको लागि ऋण लिएर नँया लगानी लगाउने समय रहेको छ। पारिवारिक वा वैवाहिक दृष्टिकोणले समय राम्रो रहेको छ। घरपरिवारमा नयाँ जिम्मेवारी बढ्ने तथा घरभित्र नयाँ निर्णय हुनेछन्। कार्य स्थानान्तरण वा जग्गा जमिनलाई लिएर असहज महसुस हुनेछ। अविवाहितहरूको लागि विवाहलाई लिएर परिवार तर्फबाट प्रस्ताव आउनेछ भने निर्णयमा पुग्नुपूर्व समय लिनु उपयुक्त हुनेछ। पढाइ वा प्रेम सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ। उच्च शिक्षामा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मधुर सम्बन्ध स्थापित हुनेछ तर प्रेममा भावानात्मक खुल्लापनको हत्तार नगर्नुहोला। स्वास्थ्यको दृष्टिकोणले पनि महिना राम्रो रहेको छ। मंगलको प्रभावले अनिद्रा व थकानको महसुस हुनेछ तर जोश र कामगर्ने जाँगरमा कमीभने हुनेछैन। अनियमित खानपान र अव्यवस्थित दिनचर्यालाई मध्यनजरमा राखेर समय व्यवस्थापन गरेमा नकारात्मक समयलाईपनि सकारात्मक उर्जाको प्रभावले अनुकूल बनाउन सक्नुहुनेछ।


View All monthly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.