वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य मंगल बुध र शुक्रको नवम भावमा गोचर हुने भएकाले धन प्राप्तिका नयाँ अवसरहरू क्रमश बढेर जानेछन्। भाग्यको विशेष साथ मिल्नेछ। रोकिएको उधारो धन फिर्ता हुने समय रहेको छ। रिस र आक्रोशले आर्थिक गतिविधिमा निर्णय कमजोर हुन सक्छ धैर्यताले काम लिनुहोला। वैवाहिक सम्बन्धको लागि पनि यो महिना श्रेष्ठ रहेको छ। प्रेम सम्बन्ध आदिलाई विवाहमा टुङ्ग्याउन सकिने शुभ योग रहेको छ। सम्बन्धमा बोलीचालीमा मधुर भाषाको प्रयोग गर्दा सबैको मन जित्न सक्नुहुनेछ। हजुरको कुरा कसैले हिम्मतको रुपमा लिनेछन्। घरपरिवारमा पूजापाठ वा धार्मिक यात्राका योग बन्नेछन्। पढाइको क्षेत्रमा पनि विशेष सफलता हात लाग्नेछ। हरेक कार्यमा उत्साह र ऊर्जाको वृद्धि हुनाले लक्ष्य प्राप्तिलाई लिएर प्रतिबद्धता बढ्नेछ। मंगलले गर्दा मनमा तर्क वितर्क ल्याउन सक्ला। सरकारी नोकरीको र प्रयत्नशील मानिसहरूको लागि संघर्ष बढाउनेवाला समय रहेको छ। करियरलाई लिएर वैदेशिक यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा नयाँ असाइनमेन्टमा काम गर्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ। पुरानो समयदेखि चलिरहेको समस्याको समाधान हुनाले ढुक्क भईनेछ।
View All monthly Rashifal
Liked by: