कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना राम्रै देखिएको छ। सप्तम भावमा सूर्य, बुध, मंगल र शुक्रको गोचरले गर्दा आर्थिक पक्ष बलियो बन्नेछ भने साझेदारी व्यापारमा लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाम्पत्य जीवनमा अर्थको कुरालाई लिएर विचार विमर्श हुने प्रबल सम्भावना रहेको छ। आर्थिक निर्णयहरूमा हत्तार नगर्नु नै हजुरको लागि लाभदायी रहनेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। बोली र व्यवहारको पारिवारिक जीवनमा प्रत्यक्ष प्रभाव पर्नेछ त्यसैले बोलिमा मधुरता राख्नु लाभदायक रहला। दाम्पत्य जीवनमा तर्क वितर्क अनावश्यक कुराहरुले विवाद बढ्नेछ। करियरमा साझेदारी व्यापारबाट राम्रो लाभाआर्जन गर्न सकिनेछ। व्यवसायीहरूलाई नयाँ ग्राहकमार्फत आर्थिक सहयोग र परिवर्तनको अवसर लिएर आउनेछ। सम्बन्धलाई लिएर महिनाको उत्तरार्धपछिको समय राम्रो देखिएको छ। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षालाई लिएर प्रतिस्पर्धाको भावना रहनेछ। प्रेम सम्बन्धमा शुक्र मंगलको वा बुधको प्रभावले शारीरिक आकर्षण बढ्नेछ। महिना समग्रमा राम्रो देखिएको छ तर मंगल र बुधको गोचरले गर्दा घाँटी दुख्ने समस्याले असहज पार्न सक्छ। स्वास्थ्यमा विषेश ख्याल राख्नुहोला।
View All monthly Rashifal
Liked by: