Mithun | Nepali Yearly Rashifal 2081 | मिथुन वार्षिक राशिफल २०८१

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मिथुन राशिका जातकहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ, मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । वर्षको मध्यमा मनमा चिन्ता बढे पनि मान सम्मान पाइनेछ ।

व्यापार/व्यवसाय
। यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पशु, कृषि, घरजग्गा, शृंगार र सेयरबजारबाट सफलता मिल्नेछ । तरल पदार्थ र खाद्यान्नको कारोबारमा मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र मंसिर महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ साथै दाम्पत्य जीवनमा पनि माध्यम नै रहनेछ । टाढिएका व्यक्ति नजिकै हुनसक्छन्, तर प्रेम र मित्रताको बन्धनमा र दाम्पत्य जीवनमा विश्वासको कमी हुनसक्छ, अत: पूरा कुरा बुझेर मात्र अघि बढ्नु होला । असोज र माघ महिनामा भने प्रेम प्रस्ताव आउनसक्छ, साथै प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ ।

शिक्षा
यो वर्ष अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ या शनि र राहुको कारणले भने नजिकैका व्यक्तिहरूसँग असमझदारी बढाउ सक्छ । वर्षको पूर्वार्धमा रिजल्ट राम्रो हुनेछ, तर उत्तरार्धमा रिजल्ट त्यति अनुकुल नहोला । इन्जिनियरिङ् तथा आई. टी. विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने अलि बढी संघर्ष गर्नु पर्ला ।

पेशा/रोजगार
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला आएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । साउन महिना पछि नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । नयाँ कार्यको थालनी हुने र लगानी गरेको ठाउँबाट राम्रो सफलता पाइनेछ । सरकारी कर्मचारीहरूले सजगता अपनाउनु पर्नेछ, अन्यथा कानूनी झमेला आउन सक्छ र राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । वायुविकार, आँखा र टाउकोको समस्या बढ्न सक्छ र दीर्घकालीन औषधी सेवनको सम्भावना रहन्छ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला । आफन्त र घरपरिवारका लागि स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ ।

शुभ रङ्ग
रातो, गुलाबी, निलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न विष्णु भगवानको दर्शन, पूजा र आरधना गर्नाले राम्रो हुन्छ । विहीबार वा अन्य दिनमा भएपनि केराको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । आफ्नो जन्म बारमा सात्विक खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )


View All yearly Rashifal

What is your feedback on this?


150 Likes

11 Dislikes

  Save
Comments159 Liked by
Liked by
0 /600 characters
Peyton Parrish २ दिन अघि
I was able to recover my crypto after scammed and hacked through this team at Forensichackerstech@gmail.com after making complaint and submitting transactions details.
 REPLY  LIKE   DISLIKE
Avery Mason १३ दिन अघि
As a farmer all my days are usually filled with the simplicity and routine of managing crops and livestock. However, I found myself caught up in an unexpected and distressing situation involving a forex scam. I had invested a significant amount of money—$180,000, to be precise—in what I believed was a legitimate forex trading platform. To my dismay, it turned out to be a scam, and I lost every cent. Initially, I was overwhelmed by the prospect of never seeing my money again. I felt isolated but later on i found hope visit their websitehttps://www.sentryvantagehack.site
 REPLY  LIKE   DISLIKE
Peyton Parrish २४ दिन अघि
It was indeed a special recovery service by FINANCE INVESTMENT LEGAL TEAM( Email : financeinvestmentlegalteam@gmail.com ) which helped me retrieve back my lost investment funds $500,000 worth of crypto which I put into crypto investment, it was like a shock to me when I couldn't withdraw my investment funds into my personal wallet and on reaching out to the investment company's support group to get the problem rectified, they requested I had to pay some fees before I can access my investment funds. I paid the fees but it was all lies, I wasn't able to access my funds even after paying the fees
 REPLY  LIKE   DISLIKE
Peyton Parrish २४ दिन अघि
I recovered my Gmail account easily and i didn't receive any response after reaching to their support until i reached out to this team at Forensichackerstech@gmail.com
 REPLY  LIKE   DISLIKE
Shuru newsapp २ महीना अघि
This was an interesting read; I appreciate your perspective. https://shuru.co.in/astrology/gemini-horoscope-today-hindi
 REPLY  LIKE   DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.