Karkat | Nepali Yearly Rashifal 2081 | कर्कट वार्षिक राशिफल २०८१

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशि भएका व्यक्तिहरूका लागि यो वर्ष शुभ रहनेछ । वर्षभरि नै बृहस्पति र केतुले धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । शनि र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । शनि र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ, तर बैशाख र पौष महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला । आर्थिक दृष्टिले असर, असोज, माघ र फागुन महिना बढी सकारात्मक हुनसक्छ ।

प्रेम/सम्बन्ध
यो वर्ष घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । शत्रुसँगको सम्बन्ध सुल्झन सक्छ । प्रेम सम्बन्धको लागि नयाँ प्रेम सम्बन्ध स्थापित पनि हुन सक्छ । असार महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ ।

शिक्षा
यो वर्ष शिक्षाको लागि सफल र फलदायी नै रहने भएकाले नतिजा राम्रो पाइनेछ । प्राविधिक र व्यवस्थापनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । पढाई लेखाइको लागि विदेश जाने योग पनि छ । सामाजिक व्यवस्थापन, टेक्निकलका विद्यार्थीहरूलाई भने यो वर्ष कमजोर सावित हुनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार प्राप्तिको राम्रो योग रहेको छ । वैदेशिक रोजगारीको लागि भने त्यति राम्रो हुने देखिन्न । सुरक्षा, शिक्षा तथा राजनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला । पत्रकारिता, चालक र पहिरन पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ ।

स्वास्थ्य
वर्षको सुरुका दिनमा स्वास्थ्यमा समस्या आउन सक्छ, तर उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग काम हुन सक्छ । राहु र शनिको कारणले शरीरले दु:ख पाउने र घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । स्वास हड्डी, प्रस्वास र वायु विकारको समस्या बढ्न सक्ने भएकाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

शुभ रङ्ग
पहेँलो, हरियो, खैरो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ६, र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
बिहीबार विष्णु भगवानको दर्शन, पूजा, आरधना र उपासना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा गर्ने र आफ्नो पितृ देवताको स्मरण गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहीबार विष्णु भगवानको मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । बृहस्पति र राहुको शान्ति गर्ने साथै पिपलको वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ ।


View All yearly Rashifal

What is your feedback on this?


129 Likes

22 Dislikes

  Save
Comments446 Liked by
Liked by
0 /600 characters
Michael ३ दिन अघि
I have been having issues in my marriage , i suspected my wife of cheating with our lawyer , i thought of what to do only for me to come on google and come across this hackers that helped me hack into her whatsapp and other social media accounts , Now i can see all her texts without her knowing .. I’d like to thank these hackers as well cause they made me have a little peace of mind now .. incase you need the same services rendered you can contact him ((wisetechacker@gmail.com
 REPLY  LIKE   DISLIKE
Hãrîš Ðhâmì Haris १९ दिन अघि
good
 REPLY  LIKE   DISLIKE
Pradip Shrestha २ महीना अघि
Tapaiko kura kahilepani mildaina jhuta jotish
 REPLY  LIKE   DISLIKE
Jameson scott ३ महीना अघि
I am not the first to recommend him because his recommendations can be seen everywhere but I am doing this because I am very happy, I am very happy because I made the right choice and that right choice is me chosen to follow my instincts and go with the good reviews i saw about 5ispyhak437 @ gmail com believe, if it’s not for that choice i made i would have still been in a very toxic relationship with my ex partner who was a serial cheat but all that is gone now thanks to 5ISPYHA437 @ gmail com everyone deserves happiness that includes you so to get that happiness you deserve I reckon
 REPLY  LIKE   DISLIKE
Jameson scott ३ महीना अघि
I am not the first to recommend him because his recommendations can be seen everywhere but I am doing this because I am very happy, I am very happy because I made the right choice and that right choice is me chosen to follow my instincts and go with the good reviews i saw about 5ispyhak437 @ gmail com believe, if it’s not for that choice i made i would have still been in a very toxic relationship with my ex partner who was a serial cheat but all that is gone now thanks to 5ISPYHA437 @ gmail com everyone deserves happiness that includes you so to get that happiness you deserve I reckon
 REPLY  LIKE   DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.