कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूका लागि २०८१ साल सुखदायी नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ । अकस्मात् सफलता मिल्ने र भाग्यमा वृद्धि हुनेछ । आर्थिक र वैदेशिक क्षेत्र पनि सबल हुनेछ ।
व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । उधारो र पुरानो ऋण तिर्न सकिनेछ । स्वास्थ्य तथा हार्डवेयर व्यवसाय फस्टाउनेछ । सेयरको कारोबार भने सूझबुझमा भर पर्छ, तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । वैशाख, श्रावण र मंसिर महिनामा आर्थिक लाभ राम्रै मिल्नेछ ।
प्रेम/सम्बन्ध
सम्बन्ध सामान्य नै रहनेछ । वर्षको पूर्वार्द्धमा प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अतः प्रेममा सफलता प्राप्तगर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । वर्षको उत्तरार्धमा भने प्रेमी / प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । कसै कसैले जन्मकुण्डलीमा गणगुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।
शिक्षा
यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रै अङ्कले सफलता हासिल गर्न सक्छन् । गणित र व्यवस्थापन क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । स्वदेश विदेश पढ्न गएका विद्यार्थीहरूलाई भने शैक्षिक क्षेत्रबाट सोचे अनुरूप सफलता नमिल्नसक्छ । शैक्षिक क्षेत्रबाट असार र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।
पेशा/रोजगार
यो वर्ष प्रतिश्पर्धिरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । कलाकारिता र प्राविधिक पेशामा आवद्ध व्यक्तिहरूको लागि निक्कै राम्रो हुनेछ । प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । असार र साउन महिनामा अधिक सफलता मिल्नेछ ।
स्वास्थ्य
यो वर्ष टाउको तथा आँखाको समस्या बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ । रक्तचाप र हृदय, नशा र हड्डीको समस्या पनि बढ्न सक्छ । अत: स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ ।
शुभ रङ्ग
हरियो, पहेँलो, कालो र पर्पल शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ५, ७ र ८ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक शनिवार भैरवजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । हनुमानजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले पनि राम्रो हुनेछ । राहु र केतुको जप, पाठ र पूजा गराउने ग्रहपीडा कम हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि भैरवजी या शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )
View All yearly Rashifal
Liked by: