Jyotish Narayan Prasad Bhandari
Tulsipur, Dang, Nepal
उप-प्राध्यापक (lecturer of Astrology), 'कुलपति स्वर्णपदक' प्राप्त (Gold medalist), ज्योतिषमा 'नेपाल विद्याभूषण (ख)' बाट विभूषित उहाँ विद्वान् युवा ज्योतिषी हुनुहुन्छ ।
नारायणप्रसाद भण्डारी ज्योतिषशास्त्रअन्तर्गत फलित र सिद्धान्त दुवै विधामा विपुल ज्ञानराशि आर्जन गर्नुभएका प्रतिभाशाली ज्योतिषी हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिषशास्त्रमा आचार्य उत्तीर्ण गर्नुका साथै उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर (एम.ए.) र कानुनमा स्नातक (एल.एल.बी.) समेत गर्नुभएको छ । आचार्य तहमा विश्वविद्यालयमै सर्वोत्कृष्ट भई उहाँ 'कुलपति पदक' र नेपाल विद्याभूषण (ख)' पदवीबाट समेत सम्मानित हुनुभएको छ । बहुआयामिक व्यक्त्वित्वका धनी भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिषशास्त्रको उप-प्राध्यापकको रूपमा प्राध्यापनरत हुनुहुन्छ । संस्कृत शिक्षा एवं पूर्वीय वाङ्मय र त्यसअन्तर्गत पनि विशेष गरी ज्योतिषका आधिकारिक र प्रामाणिक ग्रन्थहरूको गहन अध्यनन, सामयिक विश्लेषण र दीर्घ साधनामार्फत उहाँले आफूलाई यस विधामा पारङ्गत बनाउनुभएको छ । विगत दश वर्षदेखि उहाँले निरन्तर रूपमा ज्योतिषीय सेवा प्रदान गर्दै आउनुभएको छ । जन्मकुण्डलीको सूक्ष्म अध्ययन र गहिरो विश्लेषण गरी शास्त्रसम्मत फलादेश गर्न र समस्याहरूको उचित समाधान तथा उपचारसहितको उत्कृष्ट ज्योतिषीय परामर्श प्रदान गर्न उहाँ कुशल मानिनुहुन्छ । हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा राशिफल लेखन र इमेज टेलिभिजनमा ज्योतिष विषयक कार्यक्रम सञ्चालन गरेको दीर्घ अनुभव उहाँसँग छ ।
Live Call with Jyotish