Today's Top stories
Today's Top stories
आज दिनभरिको विशेष खबरहरू
Read full
गत साताका ७ विशेष खबर
हामी हरेक आइतवार साताभरी चर्चामा रहेका ७ विशेष खबरहरु यहाँहरुलाई एकैस्थानमा समेटेर पस्कने प्रयासमा छौं । गत सप्ताहको विशेष खबरहरुको कुरा गर्न पर्दा बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बङ्गलादेश जानुभएको छ । त्यसबाहेक, १७ फागुनमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ परेका छन् । त्यस्तै गत साता नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा नबस्ने निर्णय गरेका छन् । खेलकुदको कुरा गर्ने हो भने गत साता नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अक्सन भएको छ । त्यस्तै गत साता नै च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ ।
Read full
गत साताका ७ विशेष खबर
हामी हरेक आइतवार साताभरी चर्चामा रहेका ७ विशेष खबरहरु यहाँहरुलाई एकैस्थानमा समेटेर पस्कने प्रयासमा छौं । गत सप्ताहको विशेष खबरहरुको कुरा गर्न पर्दा आज आइतवार मात्र काठमाडौँ स्थित माइतीघर मण्डलामा उखु किसानहरु प्रदर्शनमा उत्रिए । सरकारले एक वर्ष अघि उखु मिलका मालिकसँग गरेको सम्झौता अनुसारको भुक्तानी नपाएपछि देशभरका उखु किसान फेरी प्रदर्शनमा उत्रिएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद केहि साता यता देखि नै चर्चाको विषय बनेको छ । मङ्सिर २८ गते प्रतिवेदनमा छलफल हुन नसकेपछि अब आगामी बैठक पुष १ गतेको लागि तोकिएको छ । त्यसबाहेक, ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले डिल्लीबजार कारागार पठाएको छ । अदालतको आदेशानुसार बस्न्यातले थुनामै बसरे भ्रष्टाचार मुद्दाको प्रतिवाद गर्नुपर्नेछ। त्यसबाहेक, विवेकशील साझा पार्टी विभाजन भएको २३ महिनापछि पुन एकजुट भएका छन् । त्यसबाहेक, यो साता काठमाडौँको कलङ्कीमा भएको ट्रक दुर्घटनापनि निक्कै चर्चामा रह्यो । अनियन्त्रित भएको ट्रकले अन्य धेरै सवारीहरुलाई ठक्कर दिंदै गएर घरमा ठोक्किन पुगेको थियो, जसको कारण अहिलेसम्म ३ जनाको निधन भएको छ भने अन्य धेरै घाइते भएका छन्। यो साता नेपाली क्रिकेट टोलिका पुर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको खबरले पनि नेपालीहरुको राम्रो आकर्षण पाएको छ ।
Read full
गत साताका ७ विशेष खबर
हामी हरेक आइतवार साताभरी चर्चामा रहेका ७ विशेष खबरहरु यहाँहरुलाई एकैस्थानमा समेटेर पस्कने प्रयासमा छौं । गत सप्ताहको विशेष खबरहरुको कुरा गर्न पर्दा आइतवार मात्र चिनियाँ रक्षामन्त्री वेइ फङ्ह एक दिने नेपाल भ्रमण सकाएर फर्किएका छन्। भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला पनि यहि साता आफ्नो भ्रमण सकेर फर्किएका हुन् । यो सप्ताहभरी पनि नेकपाको विवाद चर्चामा रह्यो, लामो समय देखि कुराकानी नभएका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्ना प्रस्ताव पार्टी बैठकमा पेस गरेका छन्। अब नेकपाको निष्कर्ष उक्त प्रस्तावले गर्ने अनुमान गरिएको छ । फुटबलको जगतमा चर्चित र धेरै युवाहरुको प्रेरणाको श्रोत समेत रहेका अर्जेन्टिनाका जादुमयी खेलाडी म्याराडोनालाई संसारले गुमाउन पुग्यो । ६० वर्षको उमेरमा हृदयघातका कारण संसारबाट बिदा भएका म्याराडोनाको खबरले विश्वभरको खेलप्रेमीलाई दुखि बनाएको छ । त्यसबाहेक, नेपालमा कोरोना परिक्षण कम भइरहेको हुँदा संक्रमितको सङ्ख्या कम देखिन थालेको छ। यो साता नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई पनि कोरोना संक्रमितको पुष्टि भएको छ । नेपालमा पछिल्लो समय कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्यामा भने बृद्दी भएको छ । आफ्नो हार अस्वीकार गर्दै आएका डोनाल्ड ट्रम्प भने चुनावको परिणाम चित्त नबुझेको भन्दै आफ्नो कानुनी लडाइँ जारी राख्ने अडानमा छन् । तर उनले बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने सङ्केत दिएको चर्चापनि चलिरहेको छ । त्यसबाहेक, बिबिसीले समाजलाई योगदान गर्ने १०० विशेष महिलाको सुचीमा परेकी नेपाली चेली सपना रोका मगरपनि यो साताभर चर्चामा रहिन् ।
Read full
गत साताका ७ विशेष खबर
हामी हरेक आइतवार साताभरी चर्चामा रहेका ७ विशेष खबरहरु यहाँहरुलाई एकैस्थानमा समेटेर पस्कने प्रयासमा छौं । गत सप्ताहको कुरा गर्न पर्दा सम्पूर्ण नेपालीहरुले कोरोना महामारीको बिच महान चाड दशैं मनाएका छन्। कोरोनाको डरका कारण यसवर्षको दशैं सोचे अनुरुप नभएको हुनसक्छ । तर, जस्तो जे भएपनि सावधानी अपनाउँदै गत साता यो वर्षको दशैं सकिएको छ । दशैं सकिए लगत्तै भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणको लागि आउने खबरले सम्पूर्ण नेपालीहरुको आकर्षण पाएको छ । रअका प्रमुख नेपाल आएको केही समय नबित्दै प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरावणे यहि बुधवार तीन दिने भ्रमणको लागि नेपाल आउने खबर अहिले चर्चामा छ। त्यसबाहेक, कर्णाली प्रदेशको मन्त्रिपरिषद पुनर्गठनलाई लिएर ओली प्रचण्ड बिच फेरी मनमुटाव शुरु भएको आँकलन गरेर आएका समाचारहरु पनि गत साता देखि निरन्तर चर्चामा रहेको छ । आइतवारलाई तोकिएको कर्णाली प्रदेशको मन्त्रिपरिषद पुनर्गठन भने पछिको लागि स्थगित गरिएको छ । दुई दिन अघि टर्की र ग्रीसमा आएको ७ म्याग्निच्युडको भूकम्पमा परेर टर्कीको २४ र ग्रीसको २ जनाको मृत्यु भएको खबर आएको छ भने सैयौं मानिसहरु घाइते भएका छन्। यता नेपालमा कोरोना महामारीको संक्रमण दिन प्रतिदिन बढ्दो छ, गत साता नेपालमा संक्रमितको सङ्ख्या १ लाख ७० हजार नाघेको छ भने मृतकको सङ्ख्या पनि एक हजारको नजिक आइपुगेको छ । विश्वभरीका विभिन्न देशहरुमा अहिले कोभिड १९ चिन्ताको विषय बनेको छ भने अमेरिकामा कोरोनाको बावजुद चुनावी लहर चलेको छ । चुनाव केही दिन बाँकी रहँदा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका जो बाइडन कोरोना बिरुद्दको सम्पूर्ण सावधानी अपनाउँदै चुनावी प्रचार प्रसारमा लागि परेका छन्। खेलकुद क्षेत्रमा भने गत साता विश्व फुटबलमा विशेष महत्व राख्ने एल क्लासिकोको खेलमा बार्सिलोनालाई ३-१ ले हराउंदै रियल म्याड्रिडले सिजनको पहिलो एल क्लासिको खेलमा जीत फेला पारेको छ ।
Read full
गत साताका ७ विशेष खबर
हामी हरेक आइतवार साताभरि चर्चामा रहेका ७ विशेष खबरहरु यहाँहरुलाई एकैस्थानमा समेटेर पस्कने प्रयासमा छौं । गत साताको ७ विशेष खबरहरु यसप्रकार रहेका छन् : १) चिकित्सा क्षेत्रको शिक्षा र सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले बसेको १९औँ आमरण अनसन आइतवारको बिहान तोडेका छन्। सरकारलाई दवाब दिन बसेको २८ दिन लामो अनसनको माग पूरा गर्न सरकारलाई दवाब दिन देशका विभिन्न स्थानमा प्रदर्शन समेत भएको थियो भने आइतवारको दिन डा. केसीको माग पूरा नभएको कारण नेपाल चिकित्सक संघले आन्दोलन गरेर देशभर कोभिड बाहेकका सम्पूर्ण सेवाहरु ठप्प गर्ने घोषणा गरेपछि शनिवार रातीनै सरकारले डा. केसीसँग ८ बुदे सहमति गरेको थियो । अनसन तोडेका डा. केसी अहिले आइसीयुमा उपचाररत छन् । २) नेपालमा गत साता कोरोना संक्रमितको सङ्ख्यामा व्यापक वृद्धि देखिएको छ। पछिल्लो समय कोरोनाको हटस्पट बनेको उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । गत साता पर्यटन मन्त्री योगेश भट्टराई, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल लगायत वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य समेत यो महामारीको सिकार भएका छन्। अहिले नेपालमा ३१,३१५ सक्रिय संक्रमित भएको तथ्यांक स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ३) फिनल्याण्डमा एकदिनको लागि प्रधानमन्त्री बनेकी आभा मुर्तोको पनि निक्कै चर्चा रह्यो । बालिका दिवसको अवसरमा ‘च्यारिटी’को लागि फिनल्याण्डको प्रधानमन्त्री सन्ना मरिनले एक दिनको लागि एउटा किशोरीलाई प्रधानमन्त्री बनाएको यो खबर विश्व सामु नै एउटा उदाहरण बनेको छ । ४) त्यसबाहेक गतसाता सन् २०२०को लागि नोबेल पुरस्कार विजेताहरुको नाम पनि घोषणा भएको छ। विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार “नोबेल पुरस्कार”मा यस वर्ष साहित्यको विधामा अमेरिकी कवि लुईज ग्लूक विजेता भएकी छिन् भने शान्तीको लागि यूएन वर्ल्ड फ़ूड प्रोग्राम (WFP) लाई पुरस्कृत गरिएको छ। ५) कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतवार १८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । जनस्तरमा सरकारको उपस्थिति फितलो भएको भन्दै सांसद यामलाल कँडेलको अगुवाइमा उक्त प्रस्ताव पेश गरिएको हो । ६ ) गत साता प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ घोषणा भएको छ । यस विषयमा बुटवलमा थुप्रै विरोध प्रदर्शन भएतापनि अन्तत प्रदेश सभाको वैठकमा भएको मत विभाजनका आधारमा प्रदेशको नाम लुम्बिनी र राजधानी भालुवाङ रहने निर्णय भएको हो । ७) अहिले युएईमा चलिरहेको आईपीएल खेलहरु आधा सकिंदा समेत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले यस वर्ष आफ्नो टिम दिल्ली क्यापिटल्सको लागि कुनै खेल खेलेका छैनन् । नेपाली क्रिकेट प्रेमीहरुमा सन्दीपलाई खेलेको हेर्ने उत्साह गत सातापनि अधुरो नै रह्यो। सन्दीपको टिम दिल्ली अहिलेसम्म ७ खेलमा ५ जित हात पारेर अङ्कतालिकाको दोश्रो स्थानमा रहेको छ ।
Read full
निषेधाज्ञा जारी गर्दा पनि बुटवलमा प्रदर्शन, मुख्यमन्त्रीको गाडी तोडफोड गरियो
प्रदेश ५ को स्थायी स्थायी राजधानी दाङको भालुवाङ बनाउने भनिएसँगै बुटवलमा विरोध प्रदर्शन आक्रामक बन्दै गएको छ । शनिवार देखि चर्किएको आन्दोलनको प्रभाव कम पार्न रुपन्देही प्रशासनले बुटवलको विभिन्न स्थानहरुमा ४ दिनसम्म निषेधाज्ञा जारी गर्दा समेत आज बुटवलमा विरोध प्रदर्शन भइरह्यो । राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावमा असन्तुष्ट भएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले आज उक्त प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार समेत गरेका थिए । नेकपाका केही सांसदहरुले समेत दाङ राजधानी बनाउन ठिक नभएको भन्दै नोट अफ डिसेन्ट लेखेर विरोध गरेका छन् ।
Read full
बालुवाटारमा ७६ जना लाई कोरोना संक्रमण, प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा ७६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवका साथै बाँकी अन्य सुरक्षाकर्मी गरेर जम्मा ७६ जनालाई कोरोना संक्रमण देखिएको हो। प्रधानमन्त्री के पी ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ । त्यस्तै, नेपाली कांग्रेसका गगन थापालाई पनि कोरोना पोजिटिभ देखिएको खबर आज चर्चामा छ । देशभर भने लगातार आज दोश्रो दिन पनि संक्रमितको सङ्ख्या दुई हजार नाघेको छ ।
Read full
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण, उपत्यकामा आजमात्र १६३८ जनालाई कोरोना
चुनावी प्रचार प्रसारको क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । आफ्नो सहयोगी होप हिक्सलाई कोरोना पोजिटिभ देखिएपछि ट्रम्प दम्पतीले आफ्नो परिक्षण गराएका थिए । परिक्षणमा ट्रम्प र उनको श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमणको पुष्टि भएको हो । त्यसबाहेक, काठमाडौँ उपत्यकामा आजमात्र थप १६३८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । आजको संक्रमितको सङ्ख्या उपत्यकामा हालसम्मकै उच्च हो।
Read full
निजी प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको अल्टिमेटम
सरकारले पीसीआर परिक्षणको शुल्क घटाएको केही दिन भइसक्दा पनि निजि प्रयोगशालाहरुले परिक्षण शुल्कमा मनमानी गरेपछि आज स्वास्थ्य मन्त्रालयले त्यस्ता प्रयोगशालाहरुलाई शुल्क समायोजन गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ। यसको लागि गुणस्तर मापन तथा नियमन महाशाखाले तोकेको भन्दा धेरै शुल्क लिने निजि प्रयोगशालाहरु उल्लेख गरेर स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । त्यसबाहेक गृहमन्त्री रामबहादुर थापाले अन्य देशमा जस्तो नेपालमा बलात्कारको अवस्था चिन्ताजनक नभएको भन्नुभएको छ। आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा विभिन्न २०० देशको तथ्यांक हेर्दा नेपाल बलात्कारको मामिलामा धेरै पछाडि रहेको उहाँको भनाइ थियो ।
Read full
सिमित मात्रामा घरेलु मदिरा उत्पदान गर्न दिने सर्वोच्चको फैसला, असोज १९ देखि तातोपानी नाका खुल्ने
अनुमति बिना नै उत्पादन हुने मदिरालाई रोक्न गरिएको रिटमा आज सर्वोच्चमा भएको सुनुवाई भएपछि अदालतले सिमित मात्रामा घरेलु मदिरा उत्पादन गर्न दिने फसैला गरेको छ । सर्वोच्चको फैसला अनुसार अब एक पटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड गरेर वर्षको ६ पटकसम्म उत्पादन गर्न दिने आदेश दिएको हो । त्यसबाहेक, पहिरोको कारण लगभग दुई महिना अगाडि देखि बन्द भएको तातोपानी नाका अब असोज १९ गतेदेखि खुल्ने भएको छ । आज नेपाल-चीनको सिमामा भएको छलफलमा बाढी पहिरोले गर्दा बिग्रिएको बाटो बनिसकेकाले असोज १९ गतेदेखि नाका खुल्ने सहमति भएको हो ।
Read full
प्रधानमन्त्री ओलीको आकस्मिक बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित बस्ने सोमबारको बैठक भन्दा एकदिन अगाडि अर्थात आज आइतवार मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रीमण्डल पुनर्गठनको तयारी चलिरहेको बेला ओलीले एक्कासी भेट्न बोलाएको कारण भने मन्त्रीहरुलाई थाहा थिएन । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको थियो । त्यसबाहेक आज नेकपाका दुई अध्यक्ष ओली-प्रचण्डबीच दुई घण्टा लामो छलफल पनि भएको छ । दुवै अध्यक्ष पुनर्गठन र सैवैधानिक नियुक्तिको लागि कसरत गरिरहेका छन् भने अझ निष्कर्षमा नपुगेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । अहिले सूचना तथा सञ्चार, अर्थ र सहरी विकास मन्त्रालय पद खाली छ।
Read full
युक्रेनमा एयर फोर्सका विद्यार्थी चढेको विमान दुर्घटना, २६ को मृत्यु, पाँचथरमा २ दिनमा १३ पहिरो
युक्रेनमा एयर फोर्सको विद्यार्थी चढेको विमान अवतरणको क्रममा दुर्घटनामा परेपछि अहिलेसम्म २६ जनाले ज्यान गुमाएका छन् । अवतरण गर्ने क्रममा इन्जिन फेल भएपछि विमान दुर्घटनामा परेर आगो लागेको प्रारम्भिक रिपोर्ट आएको छ । त्यसबाहेक, लगातारको वर्षाले पाँचथरमा पछिल्लो दुई दिनमा १३ वटा पहिरो खसेको छ । उक्त पहिरोको कारण थुप्रै परिवार विस्थापित भएका छन् भने अझ थुप्रै परिवारहरु पहिरोको उच्च जोखिममा छन् ।
Read full
दुई दिनदेखि लगातार वर्षा, बाढी पहिरोमा परेर १४ जनाको मृत्यु
देशभरका विभिन्न स्थानमा लगातार दुई दिनदेखि परिरहेको भिषण वर्षाको कारण धेरै ठाउँमा बाढी पहिरो आएको छ । गृह मन्त्रालयको अनुसार पछिल्लो दुई दिनमा मुलुकको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परेर अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ भने ७ जना अझै बेपत्ता छन् । लगातारको वर्षाले बाढी पहिरोको जोखिम थप वृद्धि गरेको र धेरै ठाउँको जनजीवन प्रभावित बनाएको छ।
Read full
कैदी रामलखनको मृत्यु विवादमा
साढे ६ वर्षदेखि ज्यान मुद्दामा जेल सजाय काटिरहेका भैरहवाका रामलखन जैसवालको विवादास्पद मृत्यु आज विशेष चर्चाको विषय बनेको छ । संविधान दिवसको दिन माफी दिएर कैदी रिहा गरिने चलन अनुसार रिहा हुनपर्ने जैसवालको कोरोनाको कारण मृत्यु भएको भन्दै आफन्तलाई शव पनि हेर्न नदिने बिर अस्पतालको निर्णय तब विवादमा पुग्यो जब जैसवालको आफन्तले उनको शव देखे । उनको शव देख्दा कोरोनाको कारण नभई विभत्स हत्या गरिएको कारण जैसवालको मृत्यु भएको भन्दै अस्पताल परिसरमा हंगामा मच्चियो । मानिसहरुले वीर अस्पतालमा शवबाट अंग निकालिएको हल्ला समेत गर्न थालेका छन् भने अस्पतालले भने ३ दिन अघि नै मृत्यु भएकाले शव सड्न गल्न थालिसकेको स्पष्टीकरण दिएको छ ।
Read full
अब चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमिको निरीक्षण गरिंदै
केही दिनअघि हुम्लाको एक गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेकाे खबर बाहिर आएपछि आज त्यहाँको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ३० सदस्य टोली सिमा तर्फ अनुगमनको लागि गएको छ । उक्त भवन र हराएको सिमा स्तम्भ बारेजानकारी लिन अनुगमन टोली खटिएको हो । त्यसबाहेक, देशभरको विभिन्न स्थानहरुमा आजबाट शुरु भएको भारी वर्षा अबको पाँच दिनसम्म निरन्तर हुने पूर्वानुमान हुँदा प्रकोपको जोखिम झनै बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ । प्राधिकरणले सम्पूर्ण सम्बन्धित निकायहरुलाई यसबारे सचेत रहन समेत निर्देशन दिएको छ ।
Read full
“फिनसेन फाइल्स”मा केही नेपाली बैंकहरुले गैरकानुनी धनको कारोबार गरेको खुलासा
अमेरिकाको एक सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन)ले तयार पारेको एउटा अति गोप्य कागजातमा नेपालका केही बैंक र कम्पनीहरू गैरकानूनी र शंकास्पद धन ओसारपसार गरेको खुलासा गरेको छ । सन् १९९९ देखि २०१७ सम्मको गैरकानूनी कारोबारको खुलासा भएको “फिनसेन फाइल्स”मा नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र थुप्रै व्यक्तिहरूले व्यापारको नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको हो।
Read full
आज पाचौं संविधान दिवस मनाइयो, यसवर्षको आईपीएल शुरु
कोरोना महामारीको त्रासको बीचमा नै यस वर्षको संविधान दिवस आज मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बिहाननै देशवासीको नाममा सम्बोधन गर्दै पाचौं संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो भने धेरै स्थानहरुमा हर्ष र उत्साहका दिप प्रज्वलन गरेर संविधान दिवस मनाइयो । कतैकतै भने संविधानको विरुद्ध विरोध प्रदर्शन पनि भएको छ । आज संविधान दिवसको उपलक्ष्यमा देशका विभिन्न कारागारबाट २८९ जना कैदीहरुले कैद मिनाहा तथा माफी पनि पाएका छन् । त्यसबाहेक, कोरोनाको कारण तोकिएको समयमा शुरु हुननसकेको यसवर्षको इण्डियन प्रिमियर लिग आजबाट शुरु भएको छ । पोहोर सालको विजेता र उप विजेता बीच भएको पहिलो खेलमा एम एस धोनीको चेन्नईले रोहित शर्माको मुम्बईको टिमलाई हराएको छ ।
Read full
आज २०२० जना नयाँ संक्रमित थपिए, उपत्यकामा मात्र ८५९
नेपालमा संक्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्ने क्रम चलीरहेको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार बिस जनामा कोरोना संक्रमणको पुष्टि भएको छ जुन एकदिनमा भेटिएको अहिले सम्मकै सर्वाधिक सङ्ख्या पनि हो । काठमाडौँ उपत्यकामा मात्र ८५९ जना नयाँ संक्रमित थपिएका छन् । त्यसबाहेक, कोरोना नियन्त्रणको लागि रुसले निर्माण गरेको खोपमा साइड ईफेक्ट देखिन थालेको छ । विश्वले नै आसा राखेको उक्त खोपमा परिक्षणको क्रममा साइड ईफेक्ट देखिएको हो ।
Read full
बल्खु तरकारी बजारको अनुगमन गर्न ग्राहक बनेर निस्किए उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्ट
भारतबाट प्याज भित्रिन छाडेको खबर आएसँगै प्याजमा अत्याधिक कालो बजारी बढेको गुनासो आएपछि आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट मास्क लगाएर ग्राहकको रुपमा बल्खु तरकारी बजारको अनुगमनमा निस्किएका थिए । अनुगमनको क्रममा पसलेहरुले प्याज लुकाएको या तोकेको भन्दा धेरै मूल्यमा प्याज बेचेको कारण मन्त्री भट्टले ७ वटा तरकारी पसललाई आवश्यक अनुसार कारवाही गर्ने हिसाबले सिल गराएका छन् ।
Read full
नेपाल विद्युत प्राधिकरणबाट कुलमान भए बिदा, लेकनाथ कोइराला नियुक्त
आफ्नो चार वर्षे कार्यकाल सकाएर आज नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिंग बिदा भएका छन् । लोडसेडिङबाट देशलाई मुक्त बनाएका कुलमानले आफ्नो कार्यकालमा घाटामा गइरहेको प्राधिकरणलाई नाफामा समेत ल्याएका थिए । आफ्नो सोच अनि कार्यशैलीको कारण सबै जनताको मनमा बस्न सफल कर्मचारी कुलमानको कार्यकाल थप गर्न सरकारलाई जनताले दवाब दिईरहंदा पनि कुलमान पुन नियुक्त हुन सकेनन् । उनको स्थानमा लेकनाथ कोइराला नियुक्त भएका छन् । कुलमान बाहिरीएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
Read full
सिन्धुपाल्चोक पहिरोमा परेर ११ को मृत्यु २० बेपत्ता, पीसीआर परिक्षणको शुल्क घट्यो
गए राती सिन्धुपाल्चोक जिल्लाको भिन्न तीन स्थानमा आएको पहिरोमा परेर यो रिपोर्ट तयार पार्दासम्म ११ जनाको मृत्यु भएको छ भने अझ २० जना बेपत्ता छन्। बाह्रबीसे नगरपालिकाको भिरखर्क, नागपुजे र नेवार टोलमा घट्टे खोला उर्लिंदा आएको पहिरोमा परेर ठूलो जनधनको क्षति भएको छ भने अझ धेरै बस्तीहरु जोखिममा रहेका छन् । नेपाली सेना उद्दार कार्यमा लागि परेको छ । यो दुखद घटना प्रति शोक व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चाडै नै जोखिममा भएका घरहरुलाई सुरक्षित स्थानमा सार्न सरकारलाई निर्देशन समेत दिनुभएको छ । त्यसबाहेक, सरकारले आजबाट पीसीआर परिक्षणको शुल्कलाई घटाएर रु २००० तोकेको छ। करिब तीन साताअघि रु ५५०० मा भइरहेको पीसीआर परिक्षण सरकारले घटाएर रु ४४०० पुर्याएको थियो।
Read full
अफगानिस्तान सरकारको तालिवानसँग एतिहाषिक वार्ता शुरु
लगभग चार दशकको युद्धलाई पुर्णबिराम लगाउन आजदेखि दोहामा तालिवानी विद्रोहीसँग अफगान सरकारको एतिहाषिक शान्ती वार्ता शुरु भएको छ । अमेरिकाले मध्यस्थताको भूमिका निभाएको उक्त वार्ताको लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत कतारको दोहा पुगेका छन् । शान्ति स्थापना गर्ने यो वार्ता तबमात्र सम्भव भयो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गरेर आफ्नो सेनालाई स्वदेश फिर्ता लिन तयार भए ।
Read full
आज बसेको बैठकमा टुंगियो नेकपाको सबै आन्तरिक विवाद
साढे दुई महिना देखि चर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तारिक विवाद आज बसेको स्थायी कमिटिको बैठकसँगै औपचारिक रुपमा टुंगिएको नेकपाका नेताहरुले जानकारी दिएका छन् । आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने थोरै समयको लागि मात्र आफ्नो उपस्थिति जनाएका थिए । आन्तरिक विवाद सुल्झाउनु बाहेक आज बसेको बैठकमा नेकपाका नेताहरुले भारतसँग छिट्टै वार्ता गरेर कालापानीबाट भारतीय सेना हटाउने समेत निष्कर्ष गरेका छन् ।
Read full
नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५० हजार नाघ्यो
पछिल्लो २४ घण्टामा देशभर थप १,२४६ जनालाई कोरोना सङ्क्रण भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ५० हजार नाघेको छ । संक्रमित ५० हजार मध्ये ३५,७०० जना अहिलेसम्म कोरोना मुक्त भइसकेका छन् भने अहिलेसम्म ३१७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । अहिले नेपालमा १४,४४८ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
Read full
खुकुलो भयो उपत्यकाको निषेधाज्ञा, असोज १ गतेबाट सार्वजनिक यातायात चलाउने निर्णय
काठमाडौँ उपत्यकामा ह्वात्तै कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले जारी गरेको तीनसाता लामो निषेधाज्ञा भोलि अर्थात बिहिवारबाट केही हलुका हुनेछ । आज उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बसेको बैठकले सवारीमा जोर-बिजोर प्रणाली र पसलहरु खोल्ने समय तोकेर निषेधाज्ञा थोरै खुकुलो पार्ने निर्णय गरेका हुन् । त्यसका साथै आज बसेको यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र मजदुर संगठनहरुको संयूक्त बैठकले असोज १ गतेबाट सम्पूर्ण सार्वजनिक सवारीहरु सञ्चालनमा ल्याउने निर्णय गरेका छन्। विश्वकर्मा पूजा अवसर पारेर लामो समयदेखि बन्द भएको लामो दूरीका र सम्पूर्ण छोटो दूरीका यातायात असोज १ गतेबाट चलाउने घोषणा गरेका हुन्।
Read full
विदेशी भूमिमा नेपाल सरकार विरुद्द विरोध प्रदर्शन, सन्दिप आवद्द टिम सेमी फाइनलबाट बाहिर
कोरोना महामारीको अप्ठ्यारो परिस्थितिमा नेपाल सरकारको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै साउदी अरबमा दुतावास अगाडी त्यहाँ भएका नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् । विदेशी भूमिमा नेपालीहरुले गरेको विरोधको भिडियोले सामाजिक सञ्जालमा निक्कै चर्चा पाईरहेको छ । त्यसबाहेक, फितलो ब्याटिंग प्रदर्शनको कारण यसवर्षको सीपीएलको सेमी फाइनल खेलबाट नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आवद्द टिम जमैका तालवाज बाहिरिएको छ । थोरै लक्ष्य बचाउन मैदानमा उत्रिएको तालवाजको लागि सेमी फाइनलको महत्वपूर्ण खेलमा सन्दीपले पनि कुनै चमत्कार गर्न सकेनन् ।
Read full
मन्त्री पद्माकुमारी अर्यालले गरिन् जग्गाको कित्ताकाट फुकुवा
कृषियोग्य जमिनलाई प्रभाव पर्न नदिने सोचको साथ २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले बन्द गरेको जमिनको कित्ताकाट आजबाट फुकुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले त्यसबेलाका मन्त्री दहितले लिएका निर्णयहरु खारेज गर्दै तीन वर्षपछि जग्गाको कित्ताकाट फुकुवा गरेकी हुन् ।
Read full
प्रहरीहरुको उपस्थितिमा सम्पूर्ण सावधानी अपनाएर तानियो रातो मत्स्येन्द्रनाथको रथ
आवश्यक मानिसहरु मात्र सहभागी भएर कोभिड १९ बाट बच्न सम्पूर्ण सावधानी अपनाएर प्रहरीहरुको उपस्थितिमा आज रातो मत्स्येन्द्रनाथको रथलाई तानेर ललितपुरबाट सोह्रखुट्टेमा लगिएको छ । बिहिवार अनुमति बिनानै स्थानीयले रथ तान्न भिडभाड गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो। आज भने शान्तीपूर्ण तरिकामा रथलाई सोह्रखुट्टेसम्म पुर्याईएको हो। कोरोना महामारीको कारण यस वर्ष रथयात्रा थोरैमा सिमित गरिएको हो।
Read full
आजपनि हजारभन्दा बढी सङ्क्रमित, बिनोद चौधरी भए कोरोनामुक्त
आज थप १,०४१ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको सङ्ख्या हजार नाघेको छ । जसमध्ये २७ हजार भन्दा धेरै संक्रमितहरु निको भइसकेका छन् भने २८० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर आईसीयूमा १६७ जना संक्रमित छन् भने भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन् । शनिवार मात्र १५६६ जना कोरोना मुक्त भएका छन् । केहि दिन अघि मात्र कोरोना संक्रमण देखिएको सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी भने आज कोरोना मुक्त भएका छन् ।
Read full
अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाको राजीनामा, ललितपुरमा आज कर्फ्यु
अर्थ लगायत सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका डा. युवराज खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा सांसद पद नभएको व्यक्तिले ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने नियमको पालना गर्दै डा. युवराज खतिवडाले राजीनामा दिएका हुन्।खतिवडाले देशमा अहिलेको अर्थतन्त्रको अवस्था अब चाल्नुपर्ने कदम र पहिला भएका त्रुटिहरुको व्याख्या गर्दै आफ्नो पद त्यागेका हुन् । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा हिजो स्थानीय र प्रहरीबीच झडप भएपछि आज बिहानै देखि ललितपुरमा कर्फ्यू लगाइएको छ। रथ तान्न भनेर हिजो ठूलो सङ्ख्यामा भिडको उपस्थिति देखिएपछि आज विहान ४ बजेदेखि बेलुका १० बजेसम्मको लागि ललितपुरमा कर्फ्यु लगाइएको हो ।
Read full
रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप, बागलुङ पहिरोमा परेका ११ जनाको शव भेटियो
नेपाल सरकारले कोरोना नियन्त्रणको निमित्त लगाएको निषेधाज्ञाको उल्लंघन गर्दै आज स्थानीयले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा आज दिनभर पुल्चोकको स्थिति तनावग्रस्त रह्यो । स्थानीय युवा र प्रहरीबीच झडप हुँदा युवा प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए भने प्रहरीले पानीको फोहोरा र अश्रु ग्यासको साहयता लिनु परेको थियो । उक्त झडपमा थुप्रै प्रहरी र युवाहरु घाइते भएका छन् । त्यसबाहेक हिजो राती बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा गएको पहिरोमा परेका ११ जनाको शव भेटिएको छ भने यो रिपोर्ट तयार पार्दा सम्म अझ ४0 जना बेपत्ता छन् । भूजी खोलामा आएको बाढीले ढोरपाटन नगरपालिकाको ५ वटा वडामा ३१ वटाभन्दा बढी घर बगाएको छ ।
Read full
काठमाडौँमा थप एक साता निषेधाज्ञा थपियो
काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । अब उपत्यकामा भाद्र २४ गते रातीसम्म निषेधाज्ञा जारी रहनेछ । सरकारले अहिले ५०० भन्दा बढी सक्रिय संक्रमित भएको स्थानहरुमा निषेधाज्ञा गरेको छ भने २०० भन्दा बढी सक्रिय संक्रमित भएको स्थानमा लकडाउन जारी गरेको छ ।
Read full
स्वास्थ्य मन्त्रालय : नेपालमा अहिलेसम्म कोरोनाको कारण १० जनाको मात्र मृत्यु
नेपालमा अहिलेसम्म कोरोना संक्रमणको कारण २२८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरीएपनि स्वास्थ्य मन्त्रालयको यस विषयमा अलि भिन्न बिचार रहेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको सङ्ख्या १० मात्र हो र बाँकी मृतकहरुले अन्य कुनै न कुनै रोग भएको कारण ज्यान गुमाउन पुगेको बुझाइ स्वास्थ्य मन्त्रालयको रहेको छ । विश्व स्वास्थ्य संगठनको अनुसार कुनै पनि विरामीले ज्यान गुमाए यदि उसमा कोरोना संक्रमण छ भने त्यो बिरामीको कोरोना कै कारण निधन भएको मान्यता हुन्छ । नेपालमा पनि २०० अधिक बिरामीहरुले त्यसैकारण कोरोनाको कारण निधन भएको मान्यता पाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
Read full
भारतीय पुर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन, काठमाडौँको मेयरलाई कोरोना संक्रमण
आज भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । ब्रेन सर्जरी गरिएको मुखर्जीलाई कोरोना संक्रमण समेत भएको थियो । त्यसबाहेक, आज काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । शाक्यको श्रीमतीलाई सन्चो नभएपछि दुई दिन अघि उनको परिवारको स्वाब परिक्षण गरिएको थियो । आज आएको रिपोर्टमा मेयर शाक्यको पत्नीको रिपोर्ट नेगेटिभ तर विद्या सुन्दर शाक्यको रिपोर्ट भने पोजिटिभ आएको छ । कुनै लक्षण नदेखिएका मेयर शाक्य अहिले होम आइसोलेशनमा छन् ।
Read full
विनोद चौधरीलाई कोरोना संक्रमण, जापानका प्रधानमन्त्रीले दिए राजीनामा
आज सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । आज गरिएको परिक्षणमा कोरोनाको पुष्टि भएको बिनोद चौधरीले आफ्नो ट्वीटर मार्फत सबैलाई जानकारी दिएका छन् । अहिलेसम्म उनलाई कोरोनाको कुनै लक्षण देखिएको छैन । त्यसबाहेक, सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन सेन्टर) को एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेनटिनमा बसेका छन् । त्यस्तै कोभिड १९ को कालो बादल यसवर्षको आईपीएलमा छाएको छ । आईपीएल खेल्न युएई पुगेका चेन्नई सुपर किंग्स् को १० खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसबाहेक, आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् ।
Read full
आज उपत्यकामा ३०१ संक्रमित, एक साता लम्बियो निषेधाज्ञा
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा अहिलेसम्म कै सबैभन्दा धेरै ३०१ जना थपिएका छन् । काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी आज ३०१ जना थपिएसँगै काठमाडौँमा एक साता निषेधाज्ञा लम्बिएको छ । हिजो उपत्यकाका तीनै जना मेयरले निषेधाज्ञा लम्ब्याउने शिफारिस गरेका थिए भने आज प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। अब भदौ १७ सम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहनेछन् ।
Read full
विराटनगर नोबेल अस्पतालका ५५ स्टाफ नर्शहरु दिए एकसाथ राजीनामा, जुम्लामा चट्याङ लागेर ५ सय भेडा मरे
कोरोना महामारीमा अस्पतालमा सुरक्षाको उचित व्यवस्था नभएको र पारिश्रमिकपनि कम दिएको कारणले विराटनगरको नोबेल अस्पतालका ५५ स्टाफ नर्शहरुले आज सामुहिक राजीनामा दिएका छन् । यो महामारीको बेलामा दिनरात काममा खटिएका नोबेल अस्पतालका नर्शहरुलाई अस्पतालले समयमा तलबपनि नदिएको गुनासो नर्शहरुले गरेका छन् । उनीहरुको राजीनामा अहिलेसम्म स्वीकृत भने भएको छैन । त्यसबाहेक, जुम्लाको पातारासी गाउँपालिकामा सोमबार गएको चट्याङ लागेर करिब ५ सय भेडा मरेका छन् । भेडापालन पुर्ख्यौली व्यवसाय भएको उक्त स्थानमा ५ सय भेडा मरेपछि किसानहरु तनावमा छन् ।
Read full
विदेशमा अलपत्र परेकाहरुलाई सरकारी खर्चमा उद्दार गरिने
सरकारले भदौ १६ बाट अन्तराष्ट्रिय उडान शुरु गर्ने निर्णय बारे थप स्पष्टिकरण दिंदै आज संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशमा अलपत्र परेका र स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका नेपालीहरुलाई सरकारले आफ्नै खर्चमा देश फर्काउने बताउनुभएको छ । त्यसरी फर्किएका नागरिकहरुको होटल क्वारेन्टाइन र पीसीआर परिक्षण गर्ने खर्च श्रम कल्याणकारी कोषबाट गरिने उहाँले बताउनुभयो । त्यसबाहेक, पीसीआर परिक्षण उपलब्ध भएका देशहरुबाट फर्कने नेपालीहरुले रिपोर्ट नेगेटिभ आए होटल क्वारेनटिनमा बस्न नपर्ने समेत बताउनु भयो । पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई घरमा नै १४ दिन सम्पूर्ण नियम पालना गरेर क्वारेनटिन बस्ने शर्तमा एयरपोर्टबाट सिधै घर पठाउने व्यवस्था गरिएको योगेश भट्टराईले आज स्पष्ट पार्नुभएको हो ।
Read full
सशस्त्र प्रहरी बल (एपीएफ) को ३६ जना खेलाडीलाई कोरोना, भारतमा कोरोना प्रभावले गर्दा इन्जिनियर आपराधिक क्रियाकलापमा
सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडीहरु काठमाडौँ फर्किएर जाँच गराउँदा ३४ जनामा कोरोना पोजिटिभ देखिएको छ । यसअघि नै २ खेलाडीलाई संक्रमण भएको पुष्टि भइसकेको छ । खेलाडीहरुलाई अहिले किर्तिपुर र दुवाकोटको क्वारेन्टिनमा राखिएको छ। त्यसबाहेक, छिमेकी मुलुक भारतमा कोरोनाको प्रभावले गर्दा बेरोजगारी बढेपछि ३ इन्जिनियर साथी मिलेर लुटपाट र अपहरण गरेका छन् । कोरोना कै कारण जागिर गुमाएका तीन इन्जिनियर र व्यवसायी मित्रहरुले प्रहरीको भेषमा आएर अपराध गरेको नौलो खबर आज निक्कै चर्चामा रह्यो ।
Read full
भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान शुरु, आज ११ संक्रमितको मृत्यु
कोरोना महामारीको कारण लामो समय देखि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरु यहि भाद्र महिनाको १६ गतेबाट केही देशको लागि संचालन गर्ने सरकारले आज निर्णय गरेको छ । सरकारले यात्रुहरुको यात्रा गर्ने ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम ल्याएको छ । पीसीआर परीक्षणको व्यवास्था नभएको देशबाट भने तत्काल उडान नगर्ने निर्णय आजको मन्त्रिपरिषदको बैठकले गरेको हो । त्यसबाहेक, आज एकदिनमा नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी थप ११ जना संक्रमितको मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ।
Read full
आजबाट काठमाडौँमा निषेधाज्ञा, बैंकका कर्मचारीपनि बाटोमा नै रोकिए
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि पुन निषेधाज्ञा लगाइएको छ । बुधवार राती १२ बजेदेखि लगाइएको निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजारभन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हिडडुल गर्न निस्किएका थुप्रै मानिसहरुलाई प्रहरीले होल्डिङमा राखेको छ। यसरी नै प्रहरीले कडा जाँच गर्ने क्रममा बैंकको कर्मचारीलाई समेत रोकीदिएपछि उपत्यकाका थुप्रै बैंकहरु आज बन्द रहे। त्यसबाहेक उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा आएका थुप्रै मालवाहक सवारी मध्ये अत्यावश्यक सवारीलाई मात्र उपत्यका प्रवेश गर्ने अनुमति दिएपछि धेरै मालबाहक सवारी साधनहरु नाकामै रोकिएका छन् ।
Read full
म्युजिक भिडियोमा झण्डा जलाएका ९ जना पक्राउ, अछामको बाढीमा परि १७ बेपत्ता ६ को शव फेला
म्युजिक भिडियोमा झण्डा जलाउने समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई दिन अघि मङगोल हप नाम गरेको युट्युब च्यानलमा देशद्रोही बोलको गीतमा झण्डा जलाएको दृश्य देखा परेपछि यसको चौतर्फी खण्डन भएको छ । उक्त समुहलाई राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै तीन बर्षसम्म कैद वा तीस हजार जरिवाना हुने कानुनी ब्यवस्था छ । त्यसबाहेक, अछामको रामारोशन गाउँपालिकामा गएराती आएको बाढीमा परेर अहिलेसम्म ६ जनाको शव फेला परेको छ भने अझ ११ जना बेपत्ता छन् । भारी वर्षाको कारण कैलाश खोलामा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको खबर आएको छ ।
Read full
रहेनन् राष्ट्रकवि माधव घिमिरे, काठमाडौँमा एक हफ्ता निषेधाज्ञा
'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’, ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’, 'फूलको थुङ्गा बगेर गयो' नेपाली मनहरुमा सधैँ स्थान बनाउन सफल यी र यस्ता अन्य कैयौं गीतहरुका रचनाकार राष्ट्रकवि माधव घिमिरेको आज निधन भएको छ । स्वासप्रश्वासमा समस्या भएको कारण राष्ट्रकवि घिमिरे लामो समयदेखि आफ्नो घरमा उपचाररत थिए । आज १०१ वर्षको उमेरमा उनको निधन भएको हो । आज उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बसेको संयुक्त बैठकले बुधवार राती १२ बजेदेखि एक सातासम्म उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । उपत्यका भित्र कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर हुन थालेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यो निर्णय लिएको हो । बुधवार राती देखि अत्यावश्यक कार्य भन्दा बाहेक घरबाट बाहिर निस्कन पाइने छैन ।
Read full
एसइईको नतिजा सार्वजनिक, नयाँ नक्शा सहितको सांसदको लोगो विवादमा
आज परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको कक्षा १० को एसइईको नतिजा सार्वजनिक गरेको छ । यसपालिको एसइई परिक्षा कोरोना महामारीको कारण स्थागित भएको हुनाले कुल ४,८२,९८६ विद्यार्थीहरुको विद्यालयहरुबाट आन्तरिक मूल्याङ्कन भएर आएको विवरण हेरेर परिक्षा बोर्डले ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो । त्यसबाहेक, नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेख समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि सांसदहरुको लागि नयाँ नक्शा समेटिएको लोगो बनेको छ । तर, २० लाख खर्च गरेर बनाइएको ३५० बटा लोगो अब विवादमा तानिएको छ । हातले कुँदेको उक्त लोगो भद्दा भएको भन्दै चित्त नबुझाएर सामाजिक सञ्जालमा धेरैले ब्यङ्ग्य गरेका छन्।
Read full
नेपाली सेनाका ३ जना सहायक रथी भ्रष्टाचार बर्खास्त
भ्रष्टाचारको आरोपमा नेपाली सेनाका तीन जना अधिकृत एक सहायक रथी, महासेनानी र प्रमुख सुवेदार सेवाबाट बर्खास्त भएका छन् । जनरल सैनिक अदालतले आज भविष्यमा फेरी सैनिक सेवामा सहभागी हुन नपाउने गरी प्रयोग जबरा, नविन सिल्वाल र मिठुराम विश्वकर्मा बर्खास्त गर्ने निर्णय गरेको हो । यी तीनलाई तालिम केन्द्रमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।
Read full
प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच टेलीफोन वार्ता, नेपालमा कोरोना संक्रमितको सङ्ख्या २६ हजार नाघ्यो
आज भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन संवाद मार्फत शुभकामना प्रदान गरेका छन् । नेपालले लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सम्बन्धमा केही अप्ठ्यारो परिस्थिति सृजना हुनसक्ने प्राय सबैको अनुमान थियो । तर, दुवै देशको प्रधानमन्त्री बीच आज भएको ११ मिनेट लामो कुराकानीमा दुई देशमा कोरोना महामारीको परिस्थिति नियन्त्रण गर्न एकजुट हुने सहमति भएको छ । त्यसबाहेक, शनिवार देशभर ४६८ जना नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या २६,००० नाघेको छ । जसमध्य १७,२०१ जना संक्रमणमुक्त भएर घर फर्कीसकेका छन् भने अहिलेसम्म १०२ जनाले ज्यान गुमाएका छन् । लकडाउन खुलेपछि संक्रमितको सङ्ख्यामा वृद्धि भएको कारण सरकारले कोरोना नियन्त्रणको लागि विभिन्न कदमहरु चाल्न थालेको छ ।
Read full
आज मात्र थपिए ४८४ संक्रमित, गृह मन्त्रालय द्वारा सवारी पास वितरणमा रोक
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार भन्दा बढीको परिक्षणमा ४८४ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्र १३८ जना नयाँ संक्रमित थपिएका हुन्। कोरोना संक्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई बिहिवारदेखि कुनै पनि सवारी पास नदिन निर्देशन दिएको छ । लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अर्को सूचना नआउँदा सम्म सवारी पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हाे। त्यस्तै आज स्वास्थ्य मन्त्रालयले भने मान्छेको आवात जावत धेरै हुने मल, रेष्टुरेन्ट, उद्योगको व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा पीसीआर टेस्ट गर्न अनुरोध समेत गरेको छ ।
Read full
गोंगबुमा हत्याकाण्डको दोषी पक्राउ, नेविसंघद्वारा त्रिवि कार्यालयमा तोडफोड
दुई दिन अघि गोंगबुमा एकजना पुरुषको शव विभत्स अवस्थामा भेटिएपछि उक्त खबर सुन्ने सबैजनालाई त्यसरी निर्मम हत्या गर्ने को होला भनेर खुल्दुली अवश्य भएको हुनसक्छ । आज गोंगबुमा सुटकेसमा शव फेला परेका मृतक कृष्णबहादुर बोहोराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले पक्राउ गरेको छ । एक छोरा र एक छोरीसँग गोंगबुमा बस्दै आएकी कल्पनाले कृष्णबहादुरले आफुलाई शारीरिक र मानसिक पिडा दिएको कारण उनको हत्या गरेको र सिङ्गो शव व्यवस्थापन गर्न मुश्किल भएकाले शवलाई काटेर व्यवस्थापन गरेको बयान दिएकी छिन् । कल्पनाको श्रीमान् भने विदेशमा बस्दै आएका छन् । त्यसबाहेक आज नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका केहि कार्यालयहरु तोडफोड गरेका छन् । कोरोना कारण देखाएर त्रिभुवन विश्वविध्यालयले विद्यार्थीको एक वर्ष बर्बाद बनाउने भन्दै आफूले राखेको मागमा त्रिविले वार्ता नगरेको हुँदा आज तोडफोड गर्ने अवस्थामा पुगेको नेविसंघले बताएको छ ।
Read full
भन्सारबाट सशस्त्र प्रहरी हटाउने गृह मन्त्रालयको निर्णय, भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण
आज सरकारले भन्सारबाट सशस्त्र प्रहरीलाई हटाउने निर्णय गरेको छ । गृह मन्त्रालयले औद्योगिक, राजस्व चुहावट र भन्सार सुरक्षा गरी तीन वटा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरीको गुल्मलाई हटाएर “बिओपी” अर्थात बोर्डर आउट पोइन्ट स्थापना गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषद्‌ले यसको लागि स्वीकृती जनाएको हो । भारतमा भयावय रुपमा फैलिएको कोरोना संक्रमणदेखि राजनीतिज्ञ र चलचित्रकर्मीहरु पनि अछुतो रहन सकेनन्। अमिताभ बच्चन लामो समय कोरोनाको उपचारपछि स्वस्थ भएर घर फर्किए भने उनि घर गएकै दिन भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाको पुष्टि भएको थियो । त्यसैगरी आज भारतको पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई समेत कोरोना पुष्टि भएको ठूलो खबर सुनिएको छ । अन्य स्वास्थ्य समस्या चेकजाँच गराउन अस्पताल पुगेका प्रणव मुखर्जीलाई कोरोना जाँच गर्दा संक्रमण देखिएको हो । पुर्व राष्ट्रपति मुखर्जीले आफ्नो ट्विटरमा आफूलाई कोरोना भएको सबैलाई जानकारी गराएका छन् ।
Read full
बुद्धको जन्म नेपालमा भएको भारतले स्वीकार्यो, गोंगबु क्षेत्रमा विभत्स हत्या
भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतमा जन्मिएको अभिव्यक्ती दिएपछि त्यहाँको विदेश मन्त्रालयले आज उक्त अभिव्यक्तीलाई सुधार्दै बुद्धको जन्म नेपालमा नै भएकोमा कुनै दुई मत नभएको बताएको छ। आज साँझ भारतको विदेशमन्त्रालयले विज्ञप्ती जारी गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको र लुम्बिनी नेपालमा नै रहेको स्पष्ट पारेका छन् । धेरै लामो समयदेखि बुद्धको जन्मभूमि बारेमा विभिन्न प्रश्नहरु उठिरहेका थिए, तर आज भारतको विदेश मन्त्रालयले यसलाई स्पष्ट पारिदिएको छ। पछिल्लो समयमा नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म भूमि नेपाल भएको भनेर अभिव्यक्ती दिएका छन् । बुद्धपछि पछिल्लो समय अहिले दुई देशमा रामको जन्मभूमि बारे चर्चा शुरु भएको छ । त्यसबाहेक आज बिहान काठमाडौँको गोंगबु क्षेत्रमा विभत्स रुपमा भेटिएको शवको खबर दिनभर चर्चामा रह्यो । प्याक गरेर राखिएको सुटकेसमा टाउको र खुट्टा बिनाको शव फेला परेपछि प्रहरीले यसबारेमा अनुसन्धान थालेको छ। शवको टाउको र खुट्टा भने सुटकेस राखिएको स्थान भन्दा ३०० मिटर टाढा भेटिएको थियो ।
Read full
भारतीय विमान दुर्घटनामा एक मृतक कोरोना संक्रमित, बेरुत विस्फोटममा परेका ६० अझै बेपत्ता
शुक्रवार राती भारतीय विमान “एयर इन्डिया” दुर्घटनामा परेर मृत्यु भएका १८ मध्य आज एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । युएईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमानमा कोरोना संक्रमित भेटिएपछि विमानको उद्दार कार्यमा खटेका सम्पूर्ण टोलीलाई क्वारेन्टिनमा राख्न केरला सरकारले आदेश दिएको छ। धावनमार्गमा पुगेर चिप्लिएको उक्त विमानमा १८४ जना यात्रा गरिरहेका थिए। उता लेबनानको बेरुतमा भएको विष्फोटमा चार दिन भइसक्दा समेत ६० जना वेपत्ता नै छन् । ५००० भन्दा बढी मानिसहरु घाइते भएका उक्त विष्फोटमा अहिलेसम्म १५४ जनाको ज्यान गइसकेको छ भने ६० जनाको अवस्था पत्ता लगाउन नसकिएको त्यहाँका उद्दारकर्मीको भनाइ छ ।
Read full
आइतवार देखि अति आवश्यक बाहेक सरकारी सेवा बन्द, न्युरोड–टेकु क्षेत्र सिल
काठमाडौँ उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि आज उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (सीडीओ) ले आइतवारदेखि अति आवश्यक बाहेक सम्पूर्ण सरकारी कार्यहरु स्थगित गर्ने भएको छ । आज मात्र काठमाडाैं उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । समुदाय स्तरमा कोरोना नफैलियोस् भन्ने सोचका साथ काठमाडौँ, भक्तपुर र ललितपुरको सीडीओ कार्यालयले आइतवार देखि सरकारी कार्य स्थगित गर्ने सुचना जारी गरेको हो । त्यसबाहेक, शुक्रवार राती १२ बजेबाट भिडभाड धेरै हुने व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकुलाई सिल गर्ने भएको छ ।
Read full
प्रचण्डको ६ जना सुरक्षाकर्मीलाई कोरोना, परिवारमा सबैको रिपोर्ट नेगेटिभ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा सुरक्षा दिन खटिएका सुरक्षाकर्मीहरु मध्ये ६ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रचण्डको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ छ । खुमालटारमा बस्दै आएका प्रचण्डको परिवार र घरमा खटिएका सुरक्षाकर्मीको बुधवार स्वाब संकलन गरेर नेपाल प्रहरी अस्पतालमा परिक्षणको लागि पठाईएको थियो । आज आएको रिपोर्टमा सुरक्षाकर्मीलाई संक्रमणको पुष्टि भएपछि अहिले प्रचण्ड निवासमा उच्च सतर्कता अपनाइएको छ । प्रचण्डको परिवार, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरू गरेर ५३ जनाको परिक्षण गरिएको थियो ।
Read full
लेबनानमा भएको विष्फोटमा १०० भन्दा धेरैको मृत्यु
हिजो लेबनानको बेरुतको एक बन्दरगाहमा मंगलबार भएको विष्फोटमा परेर यो रिपोर्ट तयार गर्दासम्म १०० भन्दा धेरैको ज्यान गइसकेको छ भने ४००० भन्दा बढी मानिसहरु घाइते छन्। हिजो भएको विष्फोटको कारण आज लेबनानमा शोक दिवस समेत मनाइएको छ। गोदाममा असुरक्षित तरिकाले राखिएको “एमोनियम नाइट्रेट” विष्फोट हुँदा शक्तिशाली विष्फोट हुन पुगेको थियो। हिजो राती देखि नै सामाजिक सञ्जालमा उक्त विष्फोटको भिडियो भाइरल भइरहेको छ ।
Read full
पुन दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव
काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न स्थानमा कोरोना भयावह अवस्थामा पुगेपछि आज प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष दलका केहि नेताहरुले जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्रीलाई कम्तिमा पनि २ हप्ता लकडाउन गर्न सुझाव दिएका छन् । ४ महिना लामो लकडाउन खुलेपछि कोरोना झन् नियन्त्रण भन्दा बाहिर पुग्न सक्ने अवस्था भएपछि आजको बैठकबाट पुन लकडाउन हुनसक्ने सङ्केत देखिएको छ। प्रधानमन्त्री ओलीले भने अझ विचार गरेर अन्तिम निर्णय लिने भएका छन् । समुदाय स्तरमा कोरोना देखिएपछि देशका विभिन्न स्थानहरुमा स्थानीय सरकारले नै लकडाउन सुचारु गरेको छ ।
Read full
७७ वर्षीय अभिनेता अमिताभ बच्चन कोरोना मुक्त, ओली प्रचण्ड बीच अझ जुटेन सहमति
हिन्दी सिनेमा जगतका सुपरस्टार अमिताभ बच्चन आज कोरोना मुक्त भएर घर फर्किएका छन् । यहि जुलाई ११ तारिखमा उनि लगायत उनको परिवारमा छाेरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई समेत कोरोना पुष्टि भएको थियो । लामो समय मुम्बईको नानावती अस्पतालमा भर्ना भएका अमिताभले ट्वीटर मार्फत आफ्नो प्रशंसकहरुलाई धन्यवाद दिएका छन् । ऐश्वर्या र नातिनी आराध्या बच्चन केहि समय अघि नै कोरोना मुक्त भएर घर फर्कीसकेका थिए भने अभिषेक बच्चन अझ उपचाररत नै छन् । एकतर्फ भारतका लोकप्रिय कलाकार आजकै दिन कोरोना मुक्त भएका छन् भने अर्कोतर्फ भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई आज कोरोना भएको पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । त्यसबाहेक आन्तरिक विवाद सुल्झाउन आज बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल पुन बिना निष्कर्ष नै टुंगिएको छ । निरन्तर छलफल गरेर विवाद सुल्झाउन खोजेपनि दुवैजनाले आ–आफ्नो अडान नछाडेपछि सहमति जुट्न नसकेको खबर केहि समयअघि देखिनै चर्चामा रहेको छ ।
Read full
आज चीन र नेपालको ६५ औँ वर्षगाँठ
सन् १९५५ मा आजकै दिन शुरु भएको चीनसँगको मैत्री तथा सांस्कृतिक सम्बन्धको आज ६५ औँ वर्ष लागेको छ । आजको विशेष अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना आदानप्रदान गरेर सन्देश पठाउँदै नेपालसँगको सम्बन्धलाई अझ सुदृढ र महत्व दिएर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् । नेपालको राष्ट्रपति भण्डारीले समेत चीनसँगको कुटनीतिक सम्बन्धको असल कुराहरुको सम्झना गरेकी थिइन् । सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको एतिहाषिक भ्रमण समेत गरेका थिए भने नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले गत अप्रिलमा चीन भ्रमण गरेकी थिइन् ।
Read full
विराटनगर फेरी लकडाउनमा, बालुवाटार अगाडिबाट ५२ प्रदर्शनकारी समातिए
ट्राभल हिस्ट्री नभएका थुप्रै व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले शनिवारदेखि दुई साताको लागि विराटनगरमा लकडाउन लागू गरेको छ । समुदाय स्तरमा नै कोरोनाको जोखिम बढ्न थालेकोले श्रावण ७ गतेबाट खुलेको लकडाउन पुन कडाईका साथ लगाउनु परेको मेयर भिम पराजुलीले बताएका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि आएको छ। लकडाउन खुलेपनि अति आवश्यक कार्य भन्दा बाहेक घरबाट ननिस्किन स्वास्थ मन्त्रालयले सबैलाई बारम्बार अनुरोध गर्ने गरेको छ । कोरोना नियन्त्रणको लागि सरकारको भूमिका चित्त बुझ्दो नभएको भन्दै आज ‘इनफ इज इनफ’का अभियान्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिंदा प्रहरीले उक्त प्रदर्शनमा हस्तक्षेप गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा विवेकशील नेपालीकी नेतृ रञ्जु दर्शना समेत परेकी छिन्।
Read full
निर्मला हत्याकाण्डमा फसेका प्रहरीहरुले पाए सफाइ, अब नेपालमा सीमा विवाद बारे पढाइ हुने
१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएर जवर्जस्ती बयान लिएको अभियोगमा पक्राउ परेका एसपी दिल्लीराज विष्ट, सीआइबीका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी लगायतका मुद्दा खेपिरहेका प्रहरीले आज दुई वर्षपछि कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका छन्। उनीहरु विरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले उजुरी दिएका थिए । त्यसबाहेक, नेपाल सरकारले यसवर्षदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग तथा सीमाबारे पढाउने भएको छ ।
Read full
भारतलाई नेपालको जवाफ, "नेपालको भूमिमा नेपाली हिड्डुल गर्नु स्वाभाविक"
दुई दिन अघि मात्रै भारतको धार्चुला प्रशासन कार्यालयले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई कालापानी, लिम्पियाधुरा, गुन्जी लगायतका क्षेत्रबाट अवैध रुपमा कसैलाई भारत प्रवेश गर्न नदिन अनुरोध गर्दै पठाएको पत्रको नेपालले जवाफ पठाएको छ । गृह मन्त्रालयको निर्देशनपछि भारतको धार्चुला प्रशासन कार्यालयलाई उक्त भूमि नेपालको भएको कारण नेपाललाई सो क्षेत्रमा जान कुनै रोकटोक नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले जवाफी पत्र पठाएको हो । यस सँगसँगै भारतले उक्त क्षेत्रको सुरक्षा बढाएको छ । अब भारतले उक्त क्षेत्रको हरेक ३ देखि ५ किलोमिटरको दुरीमा आफ्नो सेना राखेको छ ।
Read full
सुनिल थापा कांग्रेसमा प्रवेश, पूर्वरथी कुलबहादुर खड्काको निधन
राप्रपासँग विचार नमिलेको भन्दै केहि दिनअघि राजिनामा दिएका नेता सुनिल थापा आज कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका हुन्। आफ्ना अन्य साथीहरुसँग कांग्रेसमा प्रवेश गरेका सुनिल थापाले २०१० देखि नेपाली कांग्रेससँग टुटेको सम्बन्धमा फेरी जोडिन पाउँदा खुशी व्यक्त गरे । ३९ वर्षसम्म नेपाली सेनाको पोशाक लगाएर राष्ट्रको सेवामा खटिएका पूर्वरथी कुलबहादुर खड्काको आज असामयिक निधन भएको छ। क्यान्सर पिडित खड्काले ६८ वर्षको उमेरमा आज काठमाडौँ स्थित एक अस्पतालमा अन्तिम साँस लिए।
Read full
कालापानी, लिम्पियाधुरा र गुन्जीमा नेपालीलाई प्रवेश नदिन नेपालसँग भारतको अनुरोध
कालापानी, लिम्पियाधुरा, गुन्जी लगायतका क्षेत्रबाट अवैध रुपमा भारत प्रवेश गर्न नदिन भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । सो पत्रमा उक्त क्षेत्रहरु भारतीय भूमि भएको उल्लेख गरिएको छ । नेपालले सो क्षेत्रहरुलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेतापनि भारतले त्यसको अस्वीकार गरेको छ । यस विषयमा वार्ता गर्न भने भारत अहिलेसम्म अघि सरेको छैन ।
Read full
राप्रपाका ३१ नेताहरुले त्यागे पार्टी, चीन अमेरिका विवाद चर्कीदै
शनिवार साँझ राष्ट्रिय प्रजातन्त्र पार्टीका ३१ नेता र कार्यकर्ताले एकैसाथ राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा पूर्वमहामन्त्री सुनील थापा समेत रहेका छन् । राप्रपाप्रति अब विश्वास नरहेको कारण अब पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनिहरुले राजीनामामा उल्लेख गरेका छन् । त्यसबाहेक, भारतपछि चीनको अमेरिकासँग पनि लगातार तनाव बढीरहेको छ । अमेरिकाले ताइवान छेउमा शक्तिशाली विमानको गस्ती बढाएको खबर अहिले चर्चामा छ । केहि समय अघि सोहि क्षेत्रमा उडिरहेको अमेरिकी विमानलाई चीनले लखेटेको थियो । त्यसपछि अमेरिकाले त्यस क्षेत्रमा झन् शक्तिशाली विमान ल्याएको हो ।
Read full
राजबिराजपछि अब वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा, ओली-प्रचण्डको आजको छलफलमा पनि सहमति भएन
समुदाय स्तरमा नै कोरोना संक्रमण भएको कारण अब राजबिराज पछि वीरगन्जमा पनि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । स्थानीय प्रशासनले शनिवार बिहान देखि नै अत्यावश्यक बाहेक अन्य कार्यको लागि बाहिर निस्किन नपाइने गरी पहिलाको भन्दा कडा निषेधाज्ञा हुने भएको छ । त्यसबाहेक, नेकपा भित्रको आन्तरिक विवाद समाधान गर्न आज दुवै अध्यक्ष बीच भएको २ घण्टा लामो छलफलमा कुनै सहमति जुट्न सकेन ।
Read full
राजविराजमा अनिश्चितकालीन कर्फ्यु, पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त
समुदाय स्तरमा कोरोना देखिएपछि सप्तरीको राजविराजमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । अब अर्को आदेश नआउँदा सम्म अति आवश्यक कार्य भन्दा बाहेक कसैले हिडडुल गर्न नपाउने गरी जिप्रकाले निषेधाज्ञा जारी गरेको हो । आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा २०६८ सालमा थुनामा परेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला आज डिल्लीबजार स्थित कारागारबाट थुनामुक्त भएका छन् । जन्मकैदको सजाय काटीरहेका पूर्वडीआइजीको नाबालक छोराहरुको भविष्यमा प्रभाव पर्ने देखिएको भन्दै अदालतले कोइरालाको सजायमा कटौती गरेको हो ।
Read full
आजबाट लकडाउन खुल्ला, विज्ञहरुको लागि सरप्राइज
कोरोनाको कारण स्वास्थ्यको चुनौती बढ्न थालेपछि नियन्त्रणको लागि चैत ११ गतेबाट नेपाल सरकारले लागू गरेको लकडाउन आजबाट खुल्ला भएको छ । तर, लकडाउन खोल्न सरकारले स्वास्थ्य विज्ञहरुसँग कुनै सल्लाह नगरेकोमा विज्ञहरु सरकारको यो निर्णयको कारण सरप्राइज भएको टिप्पणी गरेका छन् । लकडाउन खुलेसँगै अब मादक पदार्थ सेवन (मापसे) गरेर सवारी कुदाउने चालकहरुलाई कारवाही गर्दा चालकले मेडिकल रिपोर्ट समेत पेश गर्नुपर्ने भएको छ ।
Read full
लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, विभिन्न स्थान बाढीपहिरो र डुबानमा
केहि दिनयताको अविरल बर्षाले देशभरका विभिन्न स्थान बाढीपहिरो र डुबानमा परेका छन् । उपत्यका भित्र ललितपुरको टीकाथली, भक्तपुरको बालकोट र उपत्यका बाहिर वीरगंज–पथलैया औद्योगिक कोरिडोर, जाजरकोटको बारेकोट, झापा गाउँपालिका लगायत अन्य बिभिन्न क्षेत्र डुबानमा परेको छ भने पहिरोको कारण पृथ्वी राजमार्ग, हेटौंडा-कुलेखानी, सिद्धार्थ राजमार्ग लगायत देशभरका विभिन्न सडक खण्डहरु अवरुद्द भएका छन् । आइतबारदेखि देशभर लगातार वर्षा भइरहँदा जनधनको क्षति सहित देशभरको जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान विभागले भने नेपालमा विहीबारसम्म यसरी नै वर्षा हुने अनुमान गरेको छ । यातायात व्यवसायी संघले आज साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले असार २६ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएता पनि अहिलेको समय उपयुक्त नभएको भन्दै यातायात व्यवसायी संघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको थियो ।
Read full
भदौ १ गतेबाट हवाइ उडान शुरु हुने, श्रावणको पहिलो सोमबार खुलेन पशुपति
शिवको आरधना गर्ने श्रावणको पहिलो सोमबार आजको दिन पशुपति नाथको मदिर भक्तालुहरुको लागि खुलेन। कोरोना महामारी नियन्त्रणको लागि भनेर नेपाल सरकारले धार्मिक स्थलहरुमा पनि भक्तालुहरुको प्रवेशमा रोक लगाएको थियो। आज बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि दुवै आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान शुरु गर्ने निर्णय गरेको छ । चैत्र ११ गते लकडाउन भएसँगै हवाइ उडान बन्द भएको थियो । यस सम्बन्धमा मन्त्री परिषदबाट भने अझ निर्णय आउन बाँकी नै रहेको छ।
Read full
सरिता गिरीको मुद्दाको सुनुवाइ भएन र प्युठानको ट्र्याक्टर दुर्घटनामा सातको मृत्यु
समाजवादी पार्टीले सांसदबाट निष्काशन गरेपछि सर्वोच्च अदालतमा उजुरी दर्ता गरेकी सरिता गिरीको आज सुनुवाइको लागि दुवै पक्षलाई बोलाइएता पनि अन्तत सर्वोच्च अदालतले सुनुवाई गर्न नसकेको जनाएको छ । असार २३ गते समाजवादीले पार्टी सदस्य र सांसदबाट सरिता गिरीलाई निष्कासन गरेसँगै उनले रिट निवेदन पेश गरेको थिइन् । त्यसबाहेक आज बिहानै प्युठानको स्वर्गद्वारी नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा परेर ७ जनाको ज्यान गएको छ । ५०० मिटर तल खसेको ट्याक्टरमा बसेका एकजना भने बाँचेका छन्।
Read full
नेकपा विवादमा सहमति खोज्न दुवै पक्ष तयार, बैठकपछि दुवै अध्यक्ष शितलनिवासमा
नेकपा विवादबारे चार घण्टा लामो बैठक सकाएर दुवै नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन्। त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा सहमती जुट्न नसकेपनि पार्टीको लागि दुबै पक्षले सहमति खोज्न तयार हुनुपर्ने निष्कर्ष निस्किएको छ। वनारसमा कपाल खौरिएर आफू नेपाली भएको भन्दै नेपालकै विरोध गर्ने ६ जना नेपाली नभएको पुष्टी भएको छ। सामाजिक संजालमा पछिल्लो समय भाइरल भएका ति व्यक्तिहरुले पैसाको लागि अभिनय गरेको र उनीहरुलाई अभिनय गर्न लगाउने विश्व हिन्दू सेनाका अध्यक्ष अरुण पाठक विरुद्ध उजुरी दर्ता भएको छ ।
Read full
नेपाल राष्ट्र बैंकले थप्यो कर्जाको सावाँ–ब्याज तिर्ने अवधि, रियल म्याड्रिडले जित्यो स्पेनिस ला लिगा
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असीमित अवधिका लागि कर्जाको सावाँ–ब्याज तिर्ने समय थप गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रहरुको पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनः कर्जा प्रवाहमा प्राथमिकता दिने व्यवस्था मिलाएको हो । नयाँ मौद्रिक नीति सार्वजनिक भएसँगै निजि क्षेत्रका व्यवसायीहरुले आफ्नो अधिकांश माग सम्बोधन भएको भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । त्यसबाहेक हिजो राती भएको खेलमा भिल्लारियललाई हराउदै सात अंकको अग्रता साथ रियल म्याड्रिडले ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोना भने यसवर्ष दोस्रो स्थानमा सिमित रह्यो। कोरोना महामारीको कारण केहि समय स्थगित भएका लिग खेलहरु पछि दर्शकहरु नभएको खाली मैदानमा खेलाईएको हो ।
Read full
सिन्धुपाल्चोकमा पहिरो, ठोरीका बासिन्दाले दिए प्रधानमन्त्रीलाई धन्यवाद
गएराती सिन्धुपाल्चोकको भोटेकोशी बजारमा आएको बाढी पहिरोमा परि बेपत्ता भएका ५ जना मध्ये यो रिपोर्ट तयार पार्दा सम्म २ जनाको शव भेटिएको छ । बेपत्ता भएका अन्यको भने खोजी कार्य भइरहेको छ । त्यसबाहेक, प्रधानमन्त्रीले भानु जयन्तीको दिन अयोध्याबारे दिएको अभिव्यक्तीको कारण चौतर्फी आलोचना भएपनि ठोरी र माडीका स्थानीयले भने प्रधानमन्त्रीको अभिव्यक्तीको समर्थन गरेका छन् । उनीहरुले आफूसँग पर्याप्त ऐतिहासिक तथ्य नभएकाले अहिलेसम्म केहि नबोलेको पनि बताए ।
Read full
अयोध्याबारे ओलीको टिप्पणी विवादमा, परीक्षण भइरहेको मेलम्चीको सुरुङमा दुई जना बेपत्ता
भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि नेपालमा मात्र नभएर भारतमा पनि यसको विवाद शुरु भएको छ । केहि समय अघि मात्र बेसारको प्रशंगमा विवादमा रहेका प्रधानमन्त्री ओली यसपटक भने पौराणिक प्रशंगको कारण विवादमा रहेका हुन् । अयोध्या खासमा नेपालमा नै भएको र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारत सरकारको नेतृत्व सम्हालेको दल भाजपाले पनि यसको कडा निन्दा गरेको छ । त्यसबाहेक आज परीक्षण भइरहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा समस्या देखिएर हेर्न छिरेका दुई जना बेपत्ता भएका छन् । परिक्षणको क्रममा समस्या देखिएपछि सुरुङ्ग भित्र छिरेका ४ जनालाई पानीले बगाएको थियो । २ जनाको सकुशल उद्दार भएपनि बाकि २ जना भने अझ बेपत्तानै रहेका छन् । आजदेखि काठमाडौँ उपत्यकाको सडकमा केहि सार्वजनिक सवारीहरु गुड्न थालेका छन् । कोरोना भाइरस फैलन नदिने सम्पूर्ण तयारी गरेर सार्वजनिक सवारी सञ्चालन गर्न थालिएको हो ।
Read full
गृहमन्त्री थापा भन्छन् “भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा”
आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भारतले आफू अनुकुल हुने गरी सीमामा बाँध बनाएको कारण नेपाली भूमि डुवानमा परेको बताएका छन्। गृहमन्त्री थापा अनुसार यो पनि राजनीतिक रुपमा भारतले नेपालमा गरेको एककिसिमको हस्तक्षेप नै भएको टिप्पणी उनले आज गरेका हुन्। नेपालमा यसपालि मनसुन सक्रिय भएसँगै देशको विभिन्न ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गएको छ भने अझ धेरै बेपत्ता भएका मानिसहरुको खोजि कार्य जारी छ । त्यसबाहेक, भूगर्भविद्हरूको अनुसार यसवर्ष नेपालको हिमाली तथा पहाडी क्षेत्रमा हिमपहिरो तथा हिमताल विस्फोटको समेत जोखिम रहेको छ। एकतर्फ कोरोना महामारीको अर्कोतर्फ बाढी-पहिरोले त्रासले सृजना गरेको यो अप्ठ्यारो परिस्थतिमा सचेतना अपनाउनु बाहेक अहिले हामीसँग अन्य खासै विकल्प नरहेको अवस्था छ ।
Read full
बच्चन परिवारलाई कोरोना संक्रमण, संखुवासभाको सिलिचोङमा पहिरो
शनिबार राती हिन्दी चलचित्र क्षेत्रका महानायक अमिताभ बच्चन र उनका सुपुत्र नायक अभिषेक बच्चनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको खबरले भारतका मात्र हैन विश्वभरकै चलचित्रप्रेमीहरुलाई दुखी बनाएको थियो। संक्रमितको परिवारको चेकजाँच गर्दा आज अमिताभको बुहारी नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । अमिताभकी श्रीमती जया बच्चनकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ । अहिलेसम्म ७७ वर्षीय अमिताभ बच्चनको स्वास्थ अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यममा चर्चा रहेको छ । अहिले बच्चन परिवारलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। आफ्नो अभिनयको जादु विश्वभर चलाउन सफल अभिताभ र उनको परिवारको शिघ्र स्वास्थ लाभको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्नुभएको छ । आज बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएको पहिरोमा परि आठवटा घर बगेका छन् भने ११ जना बेपत्ता भएका छन् ।
Read full
काठमाडौँ उपत्यकापनि बाढी–पहिरो र कोरोनाको उच्च जोखिममा
पछिल्ला केहि दिनमा यसवर्षको मनसुन सक्रिय हुँदा देशभरका विभिन्न स्थानमा बाढी–पहिरोको असर देखिरहँदा काठमाडौं उपत्यकापनि यसपालि बाढी–पहिरोको उच्च जोखिममा रहेको सुरक्षा निकायको भनाइ रहेको छ । सुरक्षा निकाय अनुसार काठमाडौंमा ५१, भक्तपुरमा १२ र ललितपुरमा १४ भन्दा बढी स्थान, यसवर्ष डुबान तथा पहिरोको जोखिम रहेको सुरक्षा निकायको तथ्यांक छ । त्यसबाहेक, उपत्यकामा पछिल्लो केहि दिन देखि बढिरहेका कोरोना संक्रमितको सङ्ख्यालाई मध्य नजर गर्दा काठमाडौँ उपत्यकापनि कोरोनाको उच्च जोखिममा रहेको सजिलै अनुमान गर्न सकिन्छ । आज शंखमूल र गोकर्ण निवासी एक एक पुरुषसँगै पाटन अस्पतालमा उपचाररत सिन्धुपाल्चोक घर भएका व्यक्ति गरेर तीन जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
Read full
देशभर विभिन्न स्थानमा बाढी पहिरो , यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने
हिजो बेलुकादेखि लगातार वर्षा भएसँगै देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति हुनेगरी बाढी तथा पहिरो गइरहेकाे छ । यो रिपोर्ट तयार पार्दासम्म जाजरकोट, लमजुङ, रुकुम पश्चिम, सिन्धुपाल्चोक, पोखरा लगायत अन्य धेरै स्थानमा गएको पहिरोमा परेर २४ जनाले ज्यान गुमाएका छन् भने ३७ जना बेपत्ता छन्। मौसम पूर्वानुमान महाशाखाले यस वर्ष बाढी, डुबान र पहिरोको जोखिम उच्च रहेको जानकारी दिएको छ । त्यसबाहेक हिजो बेलुकादेखि नेपालमा केवल च्यानलहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण रोकेपछि भारतीय चर्चित न्यूज च्यानलका प्रधानसम्पादक सुधिर चौधरीले दिएको “नेपाल न्युज च्यानलसँग नै डरायो, सेना देखाउनै परेन” भन्ने अभिव्यक्तिको लागि माफी मागेका छन् । आज नेपाल प्रेस काउन्सिलले भ्रामक र तथ्यहिन समाचार प्रसारण गर्ने भारतीय मिडियामा रोक लगाउन भनेर भारतलाई पत्र समेत पठाएको छ । त्यसबाहेक, हिजो सरकारले छोटो दूरीको सार्वजनिक यातायात खोल्ने दिने भएपछि आज यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने भनेर निर्णय लिएका छन्। अहिलेको अवस्थामा सार्वजनिक सवारी चलाउन उचित नभएको भन्दै व्यवसायीहरूले सवारी नचलाउने भएका हुन् ।
Read full
छोटो दूरीको सार्वजनिक यातायात खोल्ने, सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित
आज सरकारले जिल्ला भित्र र उपत्यकामा छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । अर्थ /सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आवश्यक सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी दिएका छन् । एता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यातायात खोल्ने सम्बन्धमा आफूलाई केहि थाहा नभएको भन्दै सरकारको निर्णय आउने बित्तिकै आज आकस्मिक बैठक बोलाएको थियो। सरकारको निर्णयबारे आफुहरुसँग कुनै छलफल नगरिएकोमा महासंघले असन्तुष्टि जनाएको छ । पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई आज समाजवादी पार्टीले निष्काशित गरेको छ । सरिता गिरीले भने पार्टीको उक्त निर्णय विरुद्ध अदालतमा जाने फैसला गरेकी छिन् ।
Read full
प्रधानमन्त्री ओलीको समर्थनमा देशभर प्रदर्शन, विवाद मिलाउन ओली र प्रचण्डबीच दुई घण्टा छलफल
नेकपा भित्रको आन्तरिक विवाद चर्कीन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन हुन थालेको छ। आज उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन, लगनेखल क्षेत्र लगायत देशभरका अन्य विभिन्न स्थानहरुमा प्रदर्शन भएको हो । त्यसरी, भिडमा उबिएका प्रदर्शनकारीहरु कुनै पार्टीसँग सम्बन्धित नभई देशको राष्ट्रियताको पक्षमा रहेको बताउछन् । आज बालुवाटारमा सोहि विवादको टुङ्गो लगाउन ओली र प्रचण्डबीच दुई घण्टा “वान टु वान” छलफल भएको छ ।
Read full
हुलाकी राजमार्ग निर्माणमा भारतीय अवरोध
कञ्चनपुरदेखि पूर्व झापा जोड्ने राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा आज भारतीय पक्षले अवरोध गरेको छ । आज भारतीय सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र सर्वसाधारणको टोली फिल्मी शैलीमा आएर निर्माण कार्य रोकेर गएका छन् । उक्त भूमि भारतमा पर्ने दाबी गर्दै भारतीयले सडक निर्माण कार्यमा अवरोध गरेको स्थानीयले बताए ।
Read full
नेकपा विवाद मिलाउन चिनियाँ राजदूत याङ्छीको सक्रियताको चर्चा, पाँच हप्तामा सबैभन्दा कम सङ्क्रमित आज
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हिजो साँझ माधवकुमार नेपालसँग गरेको भेटघाट पछि नेपालको राजनीतिक दलभित्र विदेशी हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा धेरैले यसको विरोध गरेका छन्। याङ्छीले यसअघिको नेकपा विवादमा पनि सक्रियता देखाएकी थिइन् । त्यसबाहेक, आज नेपालमा पछिल्लो पाँच हप्ता एता सबैभन्दा कम कोरोना सङ्क्रमित भेटिएका छन् । आज थपिएका १८० जना मध्ये उपत्यकामा मात्र ५४ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौँको ढलमा कोरोना भाइरस देखिनु र पछिल्लो दिनहरुमा उपत्यका भित्र संक्रमित बढ्नुले काठमाडौँ उपत्यकालाई कोरोनाको उच्च जोखिममा भएको बुझ्न सकिन्छ । त्यस्तै, विदेशबाट नेपालीहरुको उद्दार गर्ने उडानमा सहभागी भएका नेपाल वायुसेवा निगमका तीन पाइलट सहित १४ जनालाई आज कोरोना संक्रमणको पुष्टि भएको छ ।
Read full
ओली र प्रचण्ड आ-आफ्नै अडानमा, नेकपाको टुङ्गो लागेन
आज नेकपाको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको अर्का अध्यक्ष प्रचण्डबीचको छलफल निष्कर्ष विहिन रहेको र दुवै पक्षका नेताहरु आ-आफ्नो अडानबाट पछि नहटेको कारण अब बैठक भोलिको लागि स्थगित भएको छ । त्यसबाहेक, आज डोटीमा गएको पहिरोमा च्यापिएर ६ महिने शिशुको ज्यान गएको छ । मृतक शिशुकी आमा भने उक्त पहिरोमा परेर घाइते भएकी छन् ।
Read full
पहिरोको उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा, गोरखा र ललितपुरको खोकनामा प्रहरीद्वारा अश्रुग्यास प्रहार
गएराति बझाङको मल्लेसीमा पहिरोले १७ घर बगाएको छ भने यो रिपोर्ट तयार गर्दासम्म ६ जनाको शव फेला परेको र एकजना अझ बेपत्ता नै रहेका छन् । पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेनाको गाडी नै आज दिउसो दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी तीनजना घाइते भएका थिए । त्यसबाहेक, आज गोरखामा ४४ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएपछि शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेको कारण प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो। स्थानीयले १० घण्टासम्म शव व्यवस्थापन गर्न नदिने भनेर विरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको हो। त्यसैगरी, आज ललितपुरको खोकना क्षेत्रमा किसान र प्रहरी बीच दोहोरो झडप हुँदा प्रहरीले त्यहाँपनि अश्रुग्यासको प्रयोग गर्नुपरेको थियो । सामूहिक रोपाइँ कार्यक्रमको लागि तयार खोकना बासिलाई प्रहरीले रोपाइँ गर्न रोकेपछि विकासका बाहानामा सरकारले पुर्ख्यौली थलो कब्जा गर्न खोजेको भन्दै त्यहाँका स्थानीयले विरोध गरेपछि झडप भएको हो। उक्त झडपमा केहि प्रहरी र स्थानीय घाइते भएका छन् भने यसअघि असार १५ गतेपनि यहि कारण त्यहाँ झडप भएको थियो।
Read full
विवाद मिलाउन बसेको ओली-प्रचण्डको बैठक सकारात्मक, मोदी लद्दाख पुगे
नेकपाको आन्तरिक विवाद मिलाउन बसेको ओली-प्रचण्डको आजको बैठक सकारात्मक ढंगमा टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दुई अध्यक्षबीचको बैठकमा पार्टी एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी भएको छ । त्यस्तै, भारत–चीन सीमा क्षेत्रमा भएको झडपपछि त्यहाँको अवस्थाबारे अध्ययन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् लद्दाख पुगेका छन् । मोदीले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन उपस्थित भएको ठूलो खबर आजको चर्चाको विषय बन्यो। नेपालमा भने एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित आज थपिएका छन् । आजमात्र ७४० जना नयाँ संक्रमित थपिएका छन् भने ८२३ जना कोरोना जितेर घर फर्किएका छन् ।
Read full
नेपालमा ग्रेट वाल निर्माण हुँदै, ओली अनुपस्थित भएपछि बैठक स्थगित
पर्यटकीय स्थल हेलम्बुलाई लक्षित गर्दै नेपालको ग्रेट वाल निर्माण गरिने भएको छ। उक्त ग्रेट वाल ६० किलोमिटर लामो हुनेछ। हिमाल अवलोकनका साथै रेडपान्डा जस्तो बन्यजन्तु हेर्न पाइने यस ग्रेट वालको विशेषता हुनेछ । त्यसैगरी, बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक शनिबारसम्मकाे लागि स्थगित भएको छ । राजिनामाको मागमा दवाव दिने शंखा लागेको भएर ओली अनुपस्थित भएको पार्टीका नेताहरुले टिप्पणी गरेका छन् ।
Read full
एकैदिन १ हजार ४६२ ले जिते कोरोना, सांसद ज्ञानकुमारी छन्त्यालको निधन
आजमात्र नेपालमा १४६२ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म नेपालमा ४ हजार ६५६ जना कोरोनामुक्त भइसकेका छन् भने कुल संक्रमितको सङ्ख्या १४,०४६ पुगेको छ । त्यसैगरी आज नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । मुटु सम्बन्धी समस्याले पीडित सांसद छन्त्यालको निधनको शोकमा बिहिवार नेपाली कांग्रेसको झण्डा आधा झुकाउने र कार्यालय बन्द राखिने नेपाली कांग्रेसले निर्णय गरेको छ।
Read full
प्रचण्डले मागे ओलीको राजिनामा
आज बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री के पी शर्मा ओलीको राजीनामा माग गरेका छन् । बैठकमा प्रचण्डले ओलीको “भारतले मलाई पदबाट हटाउन खोजेको” तर्कले पार्टीको प्रतिष्ठा गिरेको र आफूले नै ओलीको राजिनामा माग गरेको टिप्पणी समेत गरे ।
Read full
कोरोना र सलहको त्रासबीच रोपाइँको उत्साह, खोकनामा प्रहरीको अवरोध
आज राष्ट्रिय धान दिवसको विशेष अवसरमा देशका विभिन्न स्थानका किसान दाजुभाइ तथा दिदीबहिनीहरुले रोपाइँ गरेका छन् । यसवर्षको रोपाइँ कोरोना महामारी र सलह प्रकोपको कारण कतै थोरै चुनौतीपूर्ण रह्यो भने अर्कोतर्फ कोरोनाकै कारण गाउँ फर्किएका थुप्रै युवाहरु रोपाइँमा व्यस्त देखिए । ललितपुरको खोकनाका बासिन्दाहरुलाई भने प्रहरीले बिहानै धान रोप्न अवरोध गरेको थियो । फास्ट ट्र्याकको ‘जिरो किलोमिटर’ क्षेत्र पर्ने भएकाले रोपाइँ गर्न नदिंदा त्यहाँका स्थानीय र प्रहरी बीच घम्साघम्सी नै परेको थियो।
Read full
“मलाई प्रधानमन्त्री पदबाट हटाउन खोजियो”: प्रधानमन्त्री ओली
जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको दाबी गरेका छन् । आफूलाई पदबाट हटाउन नेपालकै नेताहरू पनि लागेको उनले आज बताए । त्यसैगरी आज काठमाडौँ उपत्यकामा पनि सलह किरा देखिएको खबर आएको छ । कृषि तथा पशुपक्षी विज्ञहरु भने सलहले पार्न सक्ने प्रभाव र यसको रोकथामको रणनीति तयार पार्न आज बैठक बसेका छन् ।
Read full
नेपालमा भित्रियो सलह कीरा, माधव नेपालको कोरोना बुटी
आज प्रदेश २ को बारा र सर्लाही जिल्लामा सलह देखिएको ठूलो खबर आएको छ । नेपालमा सलह कीराको प्रभाव नपर्ने कृषि विज्ञहरुले दाबी गर्दै आएका थिए तर अहिले तराईका अधिकांश जिल्लामा सलह कीरा आइसकेको आशंका विज्ञहरु गर्दैछन् । वरिष्ठ नेता माधव नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा कोरोना डिजिटल बुटी भन्दै सहभागी पार्टीका नेताहरुलाई 'लकेट' बाँडे । चीनबाट ल्याएको उक्त कार्डले थुप्रै समाचार बनाएपछि स्थायी कमिटीमा शीर्ष नेताहरुले कोरोना भगाउने बुटी फुकालेका छन्। तर, माधव नेपाल भने आजको बैठकमा पनि उक्त कार्ड लगाएर उपस्थित भएका थिए ।
Read full
परराष्ट्र मन्त्रालय: चीनसँग सीमा विवाद छैन, भारत वार्ताका लागि सकारात्मक छैन
आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद समाधान गर्न भारत अहिलेसम्म वार्ताका लागि सकारात्मक नभएको बताएका छन् । त्यसैगरी, चीनसँगको सिमा विवादको बारेमा भने परराष्ट्र मन्त्रालयले हिजो मात्र विज्ञप्ति जारी गर्दै चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको थियो । आज केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ ।
Read full
कोरोना संक्रमितको शव वयवस्थापन गर्ने बेला झडप
कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापन गर्ने बेलामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै स्थानीयले टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गरेपछि प्रहरी टोली र स्थानीयको झडप भएको छ।यो लगायत आजका अन्य विभिन्न घटनाहरु यहाँहरु माझ प्रस्तुत गर्दैछौं ।
Read full
तोकिएको समयमा एमसीसी पारित नहुने, नागकिरता विधेयकको विरोधमा जसपाद्वारा आन्दोलन घोषणा
एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) परियोजनाको सम्झौता संसदबाट असार १६ गतेभित्र पारित हुने समझदारी भएता पनि अब यो मितिमा एमसीसी पारित नहुने भएको छ। प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेलाई तोकिएपछि १६ गते भित्र एमसीसी संसदबाट पारित नहुने देखिएको हो। आज काठमाडौं महानगरपालिकाले सडक तथा गल्लीलाई आधार बनाएर आनाका हिसाबले जग्गाको मूल्य कायम गरेको छ । नागरिकता विधयेकमा असन्तुष्टि जनाउदै जसपा नेपालले विरोधका कार्यक्रम घोषणा गरेको हो ।
Read full
शिक्षा मन्त्रालय भन्छ विद्यालय शुल्क नतिर्नु, भारतका रक्षामन्त्री किन निस्किए रुस भ्रमणमा ?
सरकारले विद्यार्थीसँग शुल्क नलिन निर्देशन जारी गरिसकेपनि निजी स्कूलहरूले विद्यार्थीसँग शुल्क असुल्न ताकेता गर्न थालेपछि शिक्षा मन्त्रालयले अहिले शुल्क ‘नतिर्नु’ भनेको छ । स्कूलहरूले असारबाट अनलाइन कक्षाको माध्यमबाट बिद्यार्थीहरुलाई पढाउन थालेका छन् भने बिद्यार्थी स्कुल गएर पढ्न पाउँने कहिले हो ? यो अझ अनिश्चित नै छ । सीमा क्षेत्रमा चीनसँग भारतको झडप भएको केही दिनमै भारतका रक्षामन्त्री रक्षा र रणनीतिक साझेदारीको लागि तिन दिने रुस भ्रमणमा निस्किएका छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार नाघेको छ ।
Read full
कोरोना जित्ने पनि बढिरहेका छन्, सांसद दीपक मनाङेलाई अर्थ तथा विकास समितिमा असन्तुष्टि
दिनानुदिन बढ्दै गएको कोरोना भाइरस संक्रमितको ठूलो सङ्ख्या सुन्दा हामीमाझ त्रासको अवस्था बढ्दै गएको छ । तर, संक्रमितको सङ्ख्या सँगसँगै कोरोना जितेर स्वस्थ्य भइ घर फर्कने व्यक्तिहरुपनि उतिक्कै बढिरहेको खबरले आफ्नो मनोबललाई हामीले उच्च बनाउनुपर्ने छ । विश्वभर अहिलेसम्म ९० लाख नजिकै संक्रमितको सङ्ख्या पुगेको छ जसमध्ये लगभग ४५ लाख मानिसले कोरोना भाइरसलाई जितेका छन् । त्यसबाहेक सांसद दीपक मनाङेले अर्थ तथा विकास समितिबाट राजीनामा दिएको खबरमा आज देश विदेश बस्ने नेपालीहरुको व्यापक चासो बढेको छ ।
Read full
विभिन्न देशहरुबाट देखियो आजको सूर्यग्रहण, भारत-चीन युद्द रोक्ने प्रयासमा ट्रम्प
आज लागेको खण्डग्रास सूर्यग्रहणको विभिन्न देशहरुबाट देखिएको छ । काठमाडौँबाट भने बादल लागेर पानी परेको कारण ग्रहण अवलोकन गर्न केहि समयको लागि अवरोध भएको थियो। त्यसैगरी केहि दिन देखि चर्किरहेको भारत-चीन विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्हाल्ने प्रयास गरिरहेको बताएका छन्। ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँगको कुराकानीमा भारत र चीनको विवाद सुल्झाउन अमेरिकाले दुवै देशसँग कुराकानी गरिरहेको बताएका छन् ।
Read full
७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता, भारत–चीन विवादबारे बोल्यो नेपाल
आज बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । नेकपाको यो निर्णय महिला र मधेश विरोधी भएको भन्दै प्रदेश २ मा विरोध समेत भयो। त्यसैगरी, भारत र चीन बीचको विवादमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले यो समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खान दिएको सल्लाहलाई व्यंग्य गर्दै युवाहरुले आज शहिदगेट–सुन्धारा क्षेत्रमा जिउमा बेसार दलेर र सुतेर विरोध गरेको खबरपनि आज निक्कै चर्चामा रह्यो।
Read full
विदेशमा भएका नेपालीहरुको स्वदेश आउँने क्रम जारी, साउदीबाट आज १५३ जना आइपुगे काठमाडौं
कोरोना भाइरसको महामारीले गर्दा विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु घर फर्कने क्रम आज पनि जारी नै रह्यो । आज साउदीबाट १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । एकतर्फ विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु नेपाल फर्कदैछन् भने अर्कोतर्फ चीन-भारत बीच तनाव बढ्न थालेपछि भारतले गोर्खा रेजिमेन्टका सैनिकलाई तत्काल बोलाएका कारण नेपाली सैनिक लर्को लागेर पल्टन जान थालेका छन्।
Read full
प्रधानमन्त्री ओली भन्छन् "फाल्गुणमा कोरोना सम्भवतः नियन्त्रण हुन्छ"
आफ्नो बोल्ने शैलीको कारण सधैँ चर्चामा रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै ‘फागुनको महिना सम्भवत: कोरोना नियन्त्रणको महिना हुन्छ’ भनेर आँकलन गर्नुभयो। त्यस्तै उहाले अमेरिकी सहयोग नियोगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोध नपढेकाहरुले मात्र गरेको टिप्पणी समेत गर्नुभयो। नेपालमा कोरोनाको ग्राफ भने दिन प्रतिदिन बढ्दै गरेको अवस्था छ, आज मात्र काठमाडौँ उपत्यकामा ६ जना सहित देशभर ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
Read full
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.