कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा अधुरा काम पूरा गर्ने वातावरण बन्नेछ। योजना बनाएर अघि बढ्दा अपेक्षित सफलता प्राप्त हुनेछ। साताको मध्यतिर आर्थिक व्यवस्थापनमा सुधार आउनेछ र सहकर्मीको साथले महत्त्वपूर्ण काम समयमै सम्पन्न हुनेछ। समयको सही व्यवस्थापन गर्न सके अपेक्षाभन्दा राम्रो परिणाम प्राप्त हुनेछ। साताको अन्त्यमा नयाँ कामको प्रस्ताव आउन सक्छ। बुधबार गणेश मन्दिरमा दूबो चढाउनु शुभ रहनेछ। यो साताको शुभ रंग हरियो र खरानी हो भने शुभ अंक ५ र ८ रहेको छ।
View All weekly Rashifal
Liked by: