मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि सप्ताहको प्रारम्भ राम्रो रहनेछ। कार्यक्षेत्र वा व्यापारमा अधिनस्थहरूको सहयोग मिल्नेछ। सरकारी नोकरीमा मान सम्मानको योग छ सप्ताहको मध्य अलि सोचेजस्तो नरहला आफ्नो वाणीमा नियन्त्रण राख्नुपर्ने हुन्छ। माताको स्वास्थ्यमा ध्यान दिनुपर्ने छ। सप्ताहको अन्तिममा पूर्वका गरेका कामहरूबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्धमा अविश्वासको भावना बनिरहेको थियो भने त्यो झन् बढ्नेछ। बच्चाहरूलाई मौसमी बिमारीदेखि जोगाउनुहोस्। घरमा कामकाजी महिलाहरूलाई उपहार मिल्नेछ। मिडिया क्षेत्रमा काम गर्नेहरूलाई यो सप्ताह विशेष लाभदायी रहनेछ। राजनीतिक क्षेत्रमा भने धोका खाने योग छ। यो सप्ताहको लागि शुभ अंक ७ र ९ हो भने शुभ रंग केसरी र निलो रहेको छ ।
View All weekly Rashifal
Liked by: