धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा सरकारी पक्षबाट प्रशंसा पाइएला। व्यापार व्यवसायमा परिवारको सहयोग मिल्नेछ। साताको मध्यमा पायक स्थानमा भ्रमणका योग छन्। मन मिल्ने व्यक्तिसँगको घुमघामले मनमा उमंग र उत्साह जाग्नेछ। साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। शिक्षासँग सम्बन्धित कार्यले सफलता दिलाउनेछ। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र पहेलो हो भने शुभ अंक ४ र ९ रहेको छ।
View All weekly Rashifal
Liked by: