मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता धार्मिक क्षेत्र र रमणीय यात्राको योग छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
View All weekly Rashifal
Liked by: