मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ। धर्मकर्ममा मन लाग्नेछ। निभाउन नसक्ने वाचा नगरौँ। साताको मध्यमा पेटसम्बन्धी समस्या देखा पर्न सक्ला। खानपानमा सचेत रहनुहोस्। विद्यार्थीहरुको तर्कशक्तिमा वृद्धि हुनेछ। साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। मीडिया र चलचित्रको क्षेत्रबाट लाभ पाइनेछ। प्रतिस्पर्धी छात्रहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। यो साताको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक ५ र ८ रहेको छ ।
View All weekly Rashifal


Liked by: