Kirat Samaj Sudhar Diwas | किराँत समाज सुधार दिवस | 2080 Baishakh 24 | Hamro Patro

Upcomming Events

Jyotish

Hororscope

Apr/May 2023
2080 Baishakh
24
Sunday
May 07, 2023

Kirat Samaj Sudhar Diwas
MY NOTE
You can add your notes here

किराँत समाज सुधार दिवस्




किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाण्डौ पशुपतीको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रती किराँतहरुको अथाह श्रद्धाले यस समूदायलाई शिवप्रेमी समूदायका रुपमा पनि लिईन्छ ।


किराँत समाज सुधार दिवस् विशेष अडियो सामाग्री

किराँत समाज सुधार दिवस्

आज थोरै यर्जुवेदबाट कुरा उत्थान गर्न चित्त परेको छ, यर्जुुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र सँस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख अझ सामान्य शब्दमा अाकर्षक अनि राम्रा ब्यक्तिहरु । यसअर्थमा यी शुरविर, वीराङ्गना, शिकारी, प्रकृतीप्रेमी अनि राम्रा मान्छेहरुको समूदाय किराँत समूदाय अनि संस्कृती एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरुले शासन गरेका कुराहरु त हामीले पढेकै हौं, काठमाडौमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरुले शासन गरेको प्रमाण छ ।

प्रथम किराँती राजा यलम्वर हुन भने अन्तीम राजा खिगुलाई मानिन्छ । किराँतहरुको प्राचीन सम्बत येले संबत विक्रम संबत भन्दा पनि लगभग १७८० वर्ष पुरानो छ, यसरी प्राचीन समयको शासन व्यवस्था अनि सुधारात्मक र विकासउन्मुख किराँतीहरुलाई लिच्चछवी शाषकहरुले सन् १५८ मा विस्थापीत गरेका हुन् । महाभारतमा पनि किराँता अर्जुना भन्ने शब्द पाईन्छ, धनुविद्या आर्जन गर्नकलागि अर्जुनले आफ्नो नामनै किराँता अर्जुना राखेकोे तथ्य महाभारत दिएको छ ।

प्राचीन कालको धनुविधा देखि आधूनिककालको यूद्धमा समेत नाम कहलिएका वीर विराङ्गना किराँत समूदाय अनि किराँत धर्मावलम्वीका रुपमा चिनिन्छ । किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाण्डौ पशुपतीको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रती किराँतहरुको अथाह श्रद्धाले यस समूदायलाई शिवप्रेमी समूदायका रुपमा पनि लिईन्छ ।

किराँत धर्म एउटा अत्यन्त ब्यवहारीक धर्म अनि सभ्यता हो । संसारभरिनै आफ्नो प्रकृतीप्रेम आचरण अनि साहसकालागि नाम कमाएका यी धर्मावलम्बीहरुले हरेक वर्षको बैशाख २४ गते किराँत समाज सुधार दिवसका रुपमा मनाउदै अाएका छन् ।

किराँत धर्म अनुसार ८६औं समाज सुधार दिवस आज मनाइदैछ । किराँत धर्मगुरु तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् ।

फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रुपमा स्विकार गरेकाछन् । ती १० बुँदा किराँती समूदायमा कायम रहेका कुरीति, कुसंस्कारहरुको अन्त्य गर्न कोशेढुंगो सावित भयो । उक्त बुँदाहरुमा सबैले शान्तिको बाटो हिड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रुपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरु थिए । अज्ञानतावश् कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्वपूर्ण योगदान पुर्याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको थियो ।

उतिबेला किराँत समूदायमा ब्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ (सभा) डाँके । बिकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्तावेज तयार पारे ।

नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरुको घना वसोवासको क्षेत्रका रुपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बामा भएको टुप्पो नभएको वाँसा रुखहरु अन्तीम लिम्बु राजा वुद्धि कर्ण राय खेवागंले एकैफेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभावी तीर चलाएर वाँसको टुप्पाहरु छिनाएको भन्ने विश्वाश पनि छ ।

२००७ सालको प्रजातन्त्रको उदय पछी लिम्बुराजाहरुलाई दिईएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाँउछ त्यपछी लिम्बु हाँगहरु मुलधारको शासन ब्यवस्थामा नआएको पाईन्छ ।

यस समुदायका लिम्बुमात्र होइनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पनि हुन् । समग्रमा किराँत समूदायलाई एउटै समूदाय मानिएतापनि दुई फरक मुन्धुम संस्कार रहेको छ । पहिलो परम्परागत मुन्धुम संस्कार हो । यस संस्कारमा वली प्रथासम्मको उल्लेख छ भने दोस्रो सत्यहाङ्मा (साम्जिक) मुन्धुम संस्कार । यस संस्कार अनुसार भने वलिप्रथा र मद्यपानलाई पूर्ण रुपमा अस्विकार गरिएको छ । यसको संस्कार अर्थात मुन्धुम लिखित पनि छ । महागुरु फाल्गुनन्दले आयोजना गरेको चुम्लुङ (सभा) ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँ-गाउँमा मन्दिर तथा पाठशालाहरु बन्न थाले । बालबालिकाहरुलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भयो । छोरीचेलीको सोतरित खाने चलन हट्दै गयो । मृत्यु र सुतक ३ दिन र मृत्युपछि किरियापुत्रीले ९ दिन बार्ने चलन बस्यो । उनको यहि सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

किराँती समूदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरुलाई आधार मानेर विश्वप्रसिद्ध कम्प्यूटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । यसका अलावा टेम्पल रन आदि थुप्रै अन्य प्राचीन संरचना देखाउने गेमहरुमा किराँती जीवनशैली र वहादुरतालाई उतारिएको छ है । नेपालको शान यस समूदायका सबैलार्इ उत्तरोत्तर प्रगतीको कामना ।

सम्पूर्ण किराँत दाजुभाई दिदिवहिनी, आमा वुवा, भाईवहिनीमा हार्दिक नमन अनि हामीसबैलाई शुभकामना, किराँत समाज सुधार दिवसको ।

---
हाम्रो पात्रोकालागी  सुयोग ढकाल



Upcomming Events

Jyotish

Hororscope

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.