प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच टेलीफोन वार्ता, नेपालमा कोरोना संक्रमितको सङ्ख्या २६ हजार नाघ्यो
DAILY DIGEST
३१ साउन, २०७७-शनिवार | August 15, 2020
३१ साउन, २०७७-शनिवार | August 15, 2020
प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच टेलीफोन वार्ता, नेपालमा कोरोना संक्रमितको सङ्ख्या २६ हजार नाघ्यो
आज भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन संवाद मार्फत शुभकामना प्रदान गरेका छन् । नेपालले लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सम्बन्धमा केही अप्ठ्यारो परिस्थिति सृजना हुनसक्ने प्राय सबैको अनुमान थियो । तर, दुवै देशको प्रधानमन्त्री बीच आज भएको ११ मिनेट लामो कुराकानीमा दुई देशमा कोरोना महामारीको परिस्थिति नियन्त्रण गर्न एकजुट हुने सहमति भएको छ । त्यसबाहेक, शनिवार देशभर ४६८ जना नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या २६,००० नाघेको छ । जसमध्य १७,२०१ जना संक्रमणमुक्त भएर घर फर्कीसकेका छन् भने अहिलेसम्म १०२ जनाले ज्यान गुमाएका छन् । लकडाउन खुलेपछि संक्रमितको सङ्ख्यामा वृद्धि भएको कारण सरकारले कोरोना नियन्त्रणको लागि विभिन्न कदमहरु चाल्न थालेको छ ।
National
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्वाद
Livemandu
Health
नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,०१९ पुग्यो
स्वास्थ्यखबर
Sports
मेसी, स्वारेज, ग्रिजम्यानसहित स्टार स्ट्राइकरको टीम बार्सिलोनाविरुद्ध बायर्नले रच्याे कीर्तिमान
स्वास्थ्यखबर
National
लिदी पहिरामा मृतकको सङ्ख्या १३, बेपत्ता २६ जनाको खोजी जारी
Hamra Kura
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service