बच्चन परिवारलाई कोरोना संक्रमण, संखुवासभाको सिलिचोङमा पहिरो
DAILY DIGEST
२८ असार, २०७७-आइतवार | July 12, 2020
२८ असार, २०७७-आइतवार | July 12, 2020
बच्चन परिवारलाई कोरोना संक्रमण, संखुवासभाको सिलिचोङमा पहिरो
शनिबार राती हिन्दी चलचित्र क्षेत्रका महानायक अमिताभ बच्चन र उनका सुपुत्र नायक अभिषेक बच्चनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको खबरले भारतका मात्र हैन विश्वभरकै चलचित्रप्रेमीहरुलाई दुखी बनाएको थियो। संक्रमितको परिवारको चेकजाँच गर्दा आज अमिताभको बुहारी नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । अमिताभकी श्रीमती जया बच्चनकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ । अहिलेसम्म ७७ वर्षीय अमिताभ बच्चनको स्वास्थ अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यममा चर्चा रहेको छ । अहिले बच्चन परिवारलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। आफ्नो अभिनयको जादु विश्वभर चलाउन सफल अभिताभ र उनको परिवारको शिघ्र स्वास्थ लाभको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्नुभएको छ । आज बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएको पहिरोमा परि आठवटा घर बगेका छन् भने ११ जना बेपत्ता भएका छन् ।
Health
अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण
स्वास्थ्यखबर
National
संखुवासभामा ७ घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन
Nepal Live
National
भारतीय सञ्चार माध्यमको गलत रबैयाप्रति सचेत गराउँदै नेपालले पठायो ‘प्रोटेष्ट नोट’
News 24
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service