नेकपा विवाद मिलाउन चिनियाँ राजदूत याङ्छीको सक्रियताको चर्चा, पाँच हप्तामा सबैभन्दा कम सङ्क्रमित आज
DAILY DIGEST
२२ असार, २०७७-सोमवार | July 06, 2020
२२ असार, २०७७-सोमवार | July 06, 2020
नेकपा विवाद मिलाउन चिनियाँ राजदूत याङ्छीको सक्रियताको चर्चा, पाँच हप्तामा सबैभन्दा कम सङ्क्रमित आज
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हिजो साँझ माधवकुमार नेपालसँग गरेको भेटघाट पछि नेपालको राजनीतिक दलभित्र विदेशी हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा धेरैले यसको विरोध गरेका छन्। याङ्छीले यसअघिको नेकपा विवादमा पनि सक्रियता देखाएकी थिइन् । त्यसबाहेक, आज नेपालमा पछिल्लो पाँच हप्ता एता सबैभन्दा कम कोरोना सङ्क्रमित भेटिएका छन् । आज थपिएका १८० जना मध्ये उपत्यकामा मात्र ५४ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौँको ढलमा कोरोना भाइरस देखिनु र पछिल्लो दिनहरुमा उपत्यका भित्र संक्रमित बढ्नुले काठमाडौँ उपत्यकालाई कोरोनाको उच्च जोखिममा भएको बुझ्न सकिन्छ । त्यस्तै, विदेशबाट नेपालीहरुको उद्दार गर्ने उडानमा सहभागी भएका नेपाल वायुसेवा निगमका तीन पाइलट सहित १४ जनालाई आज कोरोना संक्रमणको पुष्टि भएको छ ।
Politics
यान्छीको सक्रियता : परराष्ट्र मामलाका जानकारको टिप्पणी- सिधै हस्तक्षेप भयो
Nepal Live
Health
नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनालाई कोरोना संक्रमण
१२खरी
Health
उपत्यकामा सोमबार थपिएका ५४ संक्रमित यी ११ स्थानका
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service