आज पाचौं संविधान दिवस मनाइयो, यसवर्षको आईपीएल शुरु
DAILY DIGEST
३ असोज, २०७७-शनिवार | September 19, 2020
३ असोज, २०७७-शनिवार | September 19, 2020
आज पाचौं संविधान दिवस मनाइयो, यसवर्षको आईपीएल शुरु
कोरोना महामारीको त्रासको बीचमा नै यस वर्षको संविधान दिवस आज मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बिहाननै देशवासीको नाममा सम्बोधन गर्दै पाचौं संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो भने धेरै स्थानहरुमा हर्ष र उत्साहका दिप प्रज्वलन गरेर संविधान दिवस मनाइयो । कतैकतै भने संविधानको विरुद्ध विरोध प्रदर्शन पनि भएको छ । आज संविधान दिवसको उपलक्ष्यमा देशका विभिन्न कारागारबाट २८९ जना कैदीहरुले कैद मिनाहा तथा माफी पनि पाएका छन् । त्यसबाहेक, कोरोनाको कारण तोकिएको समयमा शुरु हुननसकेको यसवर्षको इण्डियन प्रिमियर लिग आजबाट शुरु भएको छ । पोहोर सालको विजेता र उप विजेता बीच भएको पहिलो खेलमा एम एस धोनीको चेन्नईले रोहित शर्माको मुम्बईको टिमलाई हराएको छ ।
National
कबुल गरिएका बाचा पूरा गर्न सकिएन (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)
RatoPati
National
विरोध प्रदर्शनका क्रममा संविधान जलाइएपछि धनुषाको सबैलामा प्रहरीको लाठीचार्ज
देश सञ्चार
International
संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा झलमलायो
RatoPati
Sports
१३औँ आइपिएल : पहिलो खेलमा सिएसकेको विजयी सुरुआत
Naya Patrika
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service