कञ्चनपुरदेखि पूर्व झापा जोड्ने राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा आज भारतीय पक्षले अवरोध गरेको छ । आज भारतीय सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र सर्वसाधारणको टोली फिल्मी शैलीमा आएर निर्माण कार्य रोकेर गएका छन् । उक्त भूमि भारतमा पर्ने दाबी गर्दै भारतीयले सडक निर्माण कार्यमा अवरोध गरेको स्थानीयले बताए ।