पहिरोको उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा, गोरखा र ललितपुरको खोकनामा प्रहरीद्वारा अश्रुग्यास प्रहार
DAILY DIGEST
२० असार, २०७७-शनिवार | July 04, 2020
२० असार, २०७७-शनिवार | July 04, 2020
पहिरोको उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा, गोरखा र ललितपुरको खोकनामा प्रहरीद्वारा अश्रुग्यास प्रहार
गएराति बझाङको मल्लेसीमा पहिरोले १७ घर बगाएको छ भने यो रिपोर्ट तयार गर्दासम्म ६ जनाको शव फेला परेको र एकजना अझ बेपत्ता नै रहेका छन् । पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेनाको गाडी नै आज दिउसो दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी तीनजना घाइते भएका थिए । त्यसबाहेक, आज गोरखामा ४४ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएपछि शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेको कारण प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो। स्थानीयले १० घण्टासम्म शव व्यवस्थापन गर्न नदिने भनेर विरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको हो। त्यसैगरी, आज ललितपुरको खोकना क्षेत्रमा किसान र प्रहरी बीच दोहोरो झडप हुँदा प्रहरीले त्यहाँपनि अश्रुग्यासको प्रयोग गर्नुपरेको थियो । सामूहिक रोपाइँ कार्यक्रमको लागि तयार खोकना बासिलाई प्रहरीले रोपाइँ गर्न रोकेपछि विकासका बाहानामा सरकारले पुर्ख्यौली थलो कब्जा गर्न खोजेको भन्दै त्यहाँका स्थानीयले विरोध गरेपछि झडप भएको हो। उक्त झडपमा केहि प्रहरी र स्थानीय घाइते भएका छन् भने यसअघि असार १५ गतेपनि यहि कारण त्यहाँ झडप भएको थियो।
National
बझाङ पहिरो अपडेटः बेपत्ता भएका ७ मध्ये ६ जनाको शव भेटियो
देश सञ्चार
National
बझाङ पहिरो : उद्धारको लागि हिँडेको सेना गाडी पहिरोमा पर्‍यो, ३ जना घाइते
RatoPati
Health
गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध
Khabarhub
National
खोकनामा किसान र प्रहरीबीच झडप
Setopati
National
राष्ट्रपतिलाई भेटेर बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली
Lokaantar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service